यस्तो सहमतीपछि पेट्रोलियम व्यवसायी भए ब्याक, आइतबारदेखि इन्धनको आपूर्ती सहज हुने

काठमाडौँ — एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी÷उद्योगीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगन गर्दै ब्याक भएका हुन् ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।