ज्ञानेन्द्र शाहीको प्रश्न–राजतन्त्र हटाएर के पाए जनताले ?

मोरङ, १९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले ‘नेपालबाट राजतन्त्र हटाएर के पायौँ ?’ भन्ने प्रश्न उठाएका छन्। शुक्रबार मोरङको रतुवामाईमा राप्रपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न उठाएका हुन्।
‘देशको अर्थतन्त्रको नास ग¥यौँ, भाइ–भाइ लडेयौँ समाजमा तथानामका जातीय, वर्गीय द्वन्द ग¥यौँ। नेपाली जनताले रगत बगाए,’ प्रवक्ता शाहीले भने,‘वास्तममा राजतन्त्र हटाएर के पायौँ ? नेपाली जनता र देशले के पाए?’

उनले यो देशमा विदेशीवादभन्दा नेपालमा सुहाउँदो वादको आवश्यकता भएको बताए।

‘स्वदेशी विचारसहित संवैधानिक राजतन्त्र र जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री यो देशको साशन व्यवस्था कायम गर्नुपर्छ,’–उनले भने।