जलजलामा कांग्रेस र एमाले परित्याग गरि दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

निर्मल पौडेल/ पर्वत, १६ चैत। पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका कृयाशिल सदस्य जलजला गाउँपालिका सदस्य थम वहादुर थापाको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रको घरदैलो कार्यक्रमका क्रममा प्रवेश गरेका हुन्। यसैगरी धाइरिङकै युवाहरू प्रवेशिहरु गंगाराम पुन,यकेन्द्र थापा,रेशम बुढा,प्रेम वुढा,डिलवहादुर थापा,कृष्ण वहादुर वुढाथोकि लगायतका रहेका छन्।

धाईरिङका प्रभावशाली नेता एवं सामाजिक व्याक्तित्व मानिने थापासहित अन्य युवाहरु प्रवेश गरेका हुन।नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता तथा जलजला गाउँपालिकाका अध्यक्ष दिपक आचार्य आकाशलगायत केन्द्रका नेताले टीका लागाएर स्वागत गरेका थिए।

नवप्रवेशी सबै नेता तथा कार्यकर्ताहरुलाई एकमुष्ट पार्टीमा हार्दिक स्वागत गर्दै युवा नेता आकाशले बधाई तथा सफल राजनीतिक भविष्यको भव्य शुभकामना व्यक्त गरे। आकाशले सच्चा देशभक्त र परिवर्तन चाहनेहरु माओवादी केन्द्रमा प्रवेश गर्नुको विकल्प नरहेको बताए।

सामन्ती सत्ता ढाल्न होस् या देशमा लोकतन्त्र गणतन्त्र स्थापना गरि जनतालाई सार्वभौम अधिकार सम्पन्न माओवादी केन्द्रले नै गरेको भन्दै अब जनताहरुको जनजिविकाका सवालदेखि आमूल परिवर्तनको पक्षमा अग्रसर हुन आम जनसमुदायलाई आग्रह समेत गरे।

यसैगरी नवप्रवेशीहरुले देश विकास गर्ने र जनताको हरेक सुखदुःखमा साथ दिने पार्टी माओवादी केन्द्र मात्र भाएको बुझेर आफुहरु प्रवेश गरेको बताएका छन्। एमाले काङ्ग्रेसले झुटो आश्वासन देखाएर जनता लाई भ्रममा पारी नेता बन्नेहरुले आफ्नै दुनो सोझाएर हिन्ने भन्दै त्यस्ताको पछि लागेर गाउँघर समाज देशको भलो नहुने बताए।

समाजमा जकडिएको यावत विभेदको अन्त्य सङ्गै राजनैतिक स्वतन्त्रता, समावेशीता,धर्म निरपेक्षता,संघीयता लगायतका एजेन्डामा माओवादी केन्द्र अग्रमोर्चामा लडिरहेको भन्दै हिजो ब्यबस्था परिवर्तनमा लड्नेहरु अब देश र जनताको अवस्था परिवर्तनमा एकजुट भएर लड्नुपर्ने बताए।

समृद्ध जलजला निर्माणका लागि आउँदो स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन समेत नेताकार्यकर्ताहरु लागिपर्ने बताएका छन्। नवप्रवेशीको स्वागत कार्यक्रममा जलजला ७ का वडा अध्यक्ष तथा जिल्ला सदस्य टुंगनाथ शर्मा लगायत पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। माओवादी केन्द्र जलजलाले घरदैलो अभियानलाई तीव्रता दिएको छ।