‘नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्ट’ -प्रकाशमान सिंह

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताए ।

आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भने, ‘नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नु पर्छ ।’ उनले २०४६ सालयताको राजनीतिक परिवर्तनपछि अपेक्षाकृत विकास नहुनुमा एमाले मुख्य बाधक भएको आरोपसमेत लगाए ।