तरुण दलका उपाध्यक्ष माओवादी केन्द्र प्रवेश,भन्छन जनताको पार्टी भनेकै माओवादी

 

गोरखाको उत्कृष्ट गाउपालिका सहिद लखन गाउपालिका वार्ड नम्बर ८ का नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरुण दलका उपाध्यक्ष प्रकाश श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।काङ्ग्रेस अब बेइमानीको झुंड भएको र काङ्ग्रेसले वार्डमा जितेर राम्रो काम नगरेको भन्दै उहाँ माओवादी प्रवेश गर्नुभएको हो।

उहाले आफू जनजाति भएको र जनजातिको मुद्दा बोक्ने पार्टी भनेकै माओवादी भएकाले काङ्ग्रेस परित्याग गरि जनताको पार्टी माओवादी केन्द्र रोजेको बताउनुभयो।उहाका अनुसार साबिक बुन्कोट गाबिसको तल्लो भाग मैलुङमा काङ्ग्रेस नेतृत्वको वार्डले कुनै काम नगरेको र जनतालाई छारो मात्रै हाल्ने काम गरेकाले अबको निर्बाचनमा माओवादीको जित सुनिस्चित भएको समेत बताउनुभयो।

त्यस्तै केही समयअगाडि माओवादी सङ्ग रुष्ट भएर काङ्ग्रेस प्रवेश गरेका साबिक वाइसीएल वार्ड नम्बर ८ का अध्यक्ष अमृत श्रेष्ठ पनि आफ्नै मुलघर माओवादी केन्द्रमा फर्कनुभएको छ।आफ्नो भनेको आफ्नै हुन्छ भन्दै उहाँ पुरानो घरमा आउनुभएको छ।

यी दुबैजना लाई पार्टिमा प्रवेश गराउन युबा नेता उत्तर कुमार श्रेष्ठ,युबा नेता मनोज राना मगर,युबा नेता संकल्प श्रेष्ठ,वार्ड पार्टी अध्यक्षअमृत बाबू श्रेष्ठ,नेकपा माओवादी केन्द्र सहिद लखन गाउकमिटी उपाध्यक्ष कृष्ण अंगाइले समन्वयकारी भुमिका खेल्नुभएको थियो।

अब वार्ड नम्बर ८ लाई एकाताबद्द बनाई माओवादीको लालकिल्ला बनाउने प्रण उहाँहरुले व्यक्त गर्नुभयो।