दिनेश रेग्मिकाे निर्देशनमा ‘भरिएकी प्याला’ सार्वजनिक (भिडियाे सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा Budha Subba Digital काे अफिसियल युटुब च्यानलबाट ‘भरिएकी प्याला’ गितकाे म्युजिक भिडियाे रिलिज भएकाे छ ।

चर्चित डान्सर काेरियाेग्राफर Raivi d beats र म्युजिक भिडियाे निर्देशक दिनेश रेग्मि, गायक बिष्णु परियारले गरेको यो म्युजिक भिडियोले नेपाली युवाको चाहना वमोजिम मनोरन्जन दिने विश्वास गरिएको छ ।

रविको डान्स अहिले नेपाली म्युजिक भिडियोको क्षेत्रमा निकै राम्रो मानिन्छ । यसपालि रविले आफ्नै कन्सेप्टमा यो म्युजिक भिडियो तयार पारेका हुन् । दिनेश रेग्मीको निर्देशन रहेको भिडियोमा विष्णु परियारको स्वर तथा रवि र कविना महर्जनले मोडेलिङ रहेको छ । सानो उमेरमा भारतको विभिन्न शहरमा वसेर डान्स एक्टिङ्ग सिकेका रविले र निर्देशक दिनेश रेग्मिले अहिले काठमाण्डौमा डान्स र एक्टिङ्ग स्टुडियो संचालनमा ल्याएका छन् ।
छोटो सयममा दर्शकको मन जित्न सफल विष्णु निराकरले छायांकन गरेको गितमा मेकअप रवि केसीले गरेका हुन l उक्त गितलाइ इडिट/ मिक्सिङ र रङ्ग चेतन समतले गरेका छन । गितको अडियो र भिडियो बजारमा सार्बजनिक हुने निर्मताहरुले बतायका छन् l हामिले सकेजति पुरै मेहेनेत गरेर भिडियो बनायका छौँ र दर्शकहरुले यो मेहेनेतलाई अपार माया गरिदिनुहुनेछ भन्ने कुरामा ढुक्क छौ ।
भिडियाे हेर्नुहाेस् :