भाकल पूरा नहुँदा हुन्छ यस्तो ? बुझ्नको लागि पढ्नुहोस्

भाकल भनेको हामीले कुनै पनि देवीदेवता सँग गरिने भाका हो । भाकल गर्ने व्यक्तिले केही पाउँ, कुनै व्यापार व्यवसाय गर्दा राम्रो होस, बिरामी हुँदा ठीक होस वा कसै सँग टाढा बसौं भनी आफ्नो ईच्छा अनी आफुले छनौट गरी त्यसो पुरा गरेमा म यो दिन्छु वा यसो गर्छू वा कुनै कुराको बली दिन्छु ।भेटी पैसा नै चढाउँछु मेरो कामना पुरा भएमा तपाइकोमा आउछु भनी भगवान सँग गरेको बाचा नै भाकल हो ।भाकल गर्ने व्यक्तिले यसो गर्छु गर्दिन भनेर बाचा कसम खाएको हुन्छ ।

देवी देवतालाई गरिने भाकल भनेको एक गम्भीर कुरा हो भनी हाम्रो धर्म शास्त्रले बताएको छ ।धर्मशास्त्रमा भनिएको छ कुनै मानिसले देवीदेवताको निम्ती भाकल गर्छ भने त्यो भाकल कहिले पनि भंग गर्न हुदैन ।जसको मन बाट जुन कुरा निस्कीएको छ त्यो कुरा पुरा गर्नै पर्दछ ।भाकल जुन समयमा बुझाउँछु भनेको छ सो समयमा बुझाउनै पर्दछ नत्र देवीदेवता त्यो व्यक्ति सँग प्रसन्न कहिले पनि हुँदैनन भन्ने हाम्रो धर्मशास्त्रमा उल्लेख छ ।के भाकल गरेपछी भाकल बुझाउनै पर्दछ त ? हो यदी कसैले कुनै कुरा मागी भाकल गर्दछ यसो गरी दिए यति समयमा यस्तो गर्छु भन्ने भाका गर्दछ भने त्यो अवश्य पुर्याउनु पर्दछ ।

यसको बैज्ञानीक कारण यस्तो छ-यदी कसैले भाकल गरे अथवा कुनै कुरा गर्छु भनी भाका गर्दछ त्यो समयमा त्यसले आफुले बोलेको भाका पुरा गर्न सकेन भने उसको शरिरमा भएको आज्ञा चक्रले काम नगरेको भन्ने बुझिन्छ अथवा उ कुनै पनि कुराको निर्णय लिन नसक्ने मान्छे भन्ने बुझिन्छ ।उसले कुनै पनि कुरामा अडिक रहन सक्दैन ।त्यसैले आफुले बोलेको कुरा पुरा गर्न सक्ने मान्छे मात्र जिवनमा अघि बढ्दछ । त्यसैले भाकल (भाका) बोल्दै नबोलौ बोलेको कुरा पुरा गरौं, सत्य मानिसको साथ सबैको आशिर्वाद प्राप्त गर्दछ र त्यस्ता मानिस सँग देवीदेवता पनि प्रशन्न हुन्छन् भन्ने हाम्रो मान्यता छ ।

यदी कसैले भाकल बोलेर पुरा गर्दैन भने उसको भाग्य नै बिग्रिएर जान्छ किनकी हाम्रो जिवनको सात चक्र मध्ये सबै भन्दा महत्वपूर्ण चक्र भनेको आज्ञा चक्र हो । आज्ञा चक्र भनेको हाम्रो सात चक्र मध्येको राजा चक्र हो । जसको आज्ञा चक्रै बि’ग्रन्छ उसले जिवनमा कहिले पनि उन्नती प्रगती गर्न सक्दैन । त्यसैले आफ्नो आज्ञा चक्र बलियो बनाउने वा कमजोर बनाउने आप्mनै भित्र भएको कुरा हो । त्यसैले आप्mनो आज्ञा चक्र बलियो बनाउनु छ भने आफुले बोलेको भाकल समयमै पुरा गर्नु पर्दछ ।

ज्वानो एक प्रकारको वनस्पति हो, जसलाई खानामा मसलाका साथै खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। ज्वानोमा थुप्रै औषधीय गुणहरु पाइन्छ, जसले मानिसमा हुने स–साना शारीरिक समस्याहरुबाट जोगाउँदछ। यसको प्रयोग रोगअनुसार फरक पर्दछ। जस्तै यसको सुप बनाएर पिउने, धुलो बनाएर खाने वा खानामा मसला बनाएर प्रयोग गर्न सकिन्छ। जानिराखौं ज्वानोको १२ फाइदा :

१. अनावश्यक तौलको नियन्त्रण : १ चम्चा ज्वानोलाई राति १ गिलास पानीमा भिजाएर छोड्ने र विहान उठ्न साथ त्यस पानीलाई छानेर उचित मात्रामा मह मिसाएर खायो भने यसले शरीरको मेटाबोलिजमलाई सुधार गर्दै शरीरको फ्याट समेत घटाउँदछ। यसैगरि यस पानीले अनावश्यक लागेको पेट विस्तारै गट्ने गर्छ।२. पाचन प्रणालीको सुधार : यदि कुनैपनि किसिमको पाचन गडबडी छ भने ज्वानोलाई फुक्कै चपाएर खाँदा वा पानीसँग मिलाएर पिउँदा कब्जियत लगायत एसिडीटी समेतलाई ठिक गर्छ।

३. महिनावारीको अनियमिततामा सुधार : प्रायः महिलाहरुमा देखिने समस्या हो, महिनावारीको अनियमिततामा । त्यसैले दैनिकरुपमा भिजाएर राखेको ज्वानो पानी पिउँदा यसले महिनावारिलाई समयमै गराई महिनावारीका क्रममा हुने पेट दुख्ने समस्या, ऐंठन हुने समस्या र पिठ्यूँ दुख्ने समस्याबाट राहत दिन्छ।४. हड्डी तथा जोर्नी दुख्ने समस्या : दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले हड्डी दुख्ने तथा जोर्नी दुख्ने समस्याबाट राहत दिन्छ भने ज्वानोलाई बिरे नुन वा कालो नुनसँग खाँदा यसले पेटको किटाणुसमेत मर्ने गर्दछ।

५. पिसाबको संक्रमण : दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले पिसाबको संक्रमणलाईसमेत ठिक गर्छ भने यसले शरीरमा रगतको प्रवाह राम्रोसँग हुनेगर्दछ।६. स्तनपानको लागि फाइदाजनक : महिलाहरु गर्भवती भएका बेला पनि ज्वानोले रामवाणको काम गर्दछ। कोही सुत्केरी महिलाको स्तनबाट दुधको उत्पादन राम्रोसँग भएको छैन भने दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले गर्भवती महिलाहरुको दुध उत्पादनलाई बढाउने गर्दछ।

७. कोलेस्ट्रोलको नियन्त्रण : गर्भवती भएका महिलाहरुमा धेरै समस्याहरु देखिन्छन्, जस्तै सुगरको समस्या, उच्च रक्तचाप र अनियन्त्रित कोलेस्ट्रोल। त्यसैगरी, यस्तो अवस्थामा दैनिक रुपमा भिजाएर राखेको ज्वानोपानीले यस्ता सबै समस्या निर्मुल हुनुका साथै यसले डेलीभरीमा हुने दुखाइलाई समेत कम गर्दछ।८. शरीरमा सुगर लेबलको नियन्त्रण : नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले शरीरको सुगर लेबललाई नियन्त्रणमा राखी सुगर रोग हुने खतराबाट बचाउँदछ।९. कलेजोलाई फाइदाजनक : नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले कलेजो वा लिभरको समस्यालाई पनि निर्मुल गर्दछ। त्यसैगरी, ३ ग्राम ज्वानोलाई आधा ग्राम नुनको साथ खानासँग खाँदासमेत कलेजोलाई फाइदाजनक हुने गर्दछ।

१०. रुघा खोकी : ज्वानोको सेवनले चिसोजन्य समस्यालाई पनि निर्मुल पार्छ । ज्वानोको रसलाई बिरे नुनसंग मिलाई पिउँदा लाभदायक हुन्छ। त्यसपछि तातोपानी पिउँदा घाँटीका संक्रमणहरु पनि ठिक हुने गर्दछ। ११. सामान्य ज्वोरो : दैनिकरुपा भिजाएर राखेको ज्वानोपानीको रसले सामान्य रुघा खोकी तथा ज्वोरो निर्मुल हुनेगर्दछ। त्यसैगरी, ज्वानोलाई पिसेर बनाएको धुलोलाई कपडामा बेरेर सुङ्दा पिनास समेत ठिक हुने गर्दछ।१२. टाउको दुख्ने समस्या : यदि कसैलाई टाउको दुख्ने समस्या छ भने ज्वानोलाई पानीमा उमालेर मनतातो बनाएर पिउँदा यस्ता समस्या विस्तारै हराएर जान्छन्।