‘बलात्कार घटना सामसुम पार्न पलले मेरो तलब दोब्बर बनाएका थिए’

काठमाडौं । बलात्कारको अभियोग लागेका कलाकार पल शाहसहित उनका म्यानेजर कृष्ण जोशीलाई समेत प्रतिवादी बनाएर मंगलबार मुद्दा दर्ता भएको छ।

यस घटनामा बलात्कार मतियार बनाउँदै जोशीविरुद्ध समेत तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो।

अनुसन्धानको क्रममा मिडियामा नाबालिग र शाहको बलात्कार घटनाबारे फाट्टफुट्ट समाचार बाहिरिन थालेपछि जोशीको खोसिएको म्यानेजरको जागिर समेत शाहले पुनः दिएको पाइएको छ। त्यतिमात्रै होइन यो घटना सामसुम पार्न भन्दै २५ हजार तलबबाट शतप्रतिशत वृद्धि गर्दै शाहले जोशीलाई मासिक ५० हजार रुपैयाँ दिने गरेको समेत खुलेको छ।

अझ नाबालिग गायिकाले प्रहरीमा उजुरी हाल्नरहाल्दैन भन्ने जानकारी र उनी के गर्छिन् भन्ने जानकारी दिन एक व्यक्ति नै खटाएको तर उनले भने अनुसार काम नगरेकाले मार्नेसम्मको धम्की दिएको समेत जोशीले बयानमा बताएका छन्।