करिश्मा एमालेमा प्रवेश गरेपछि निशानीको टिप्पणी- ‘मुन्द्रेको कमेडी कल्बमा काम गरेकी दिदी केपी ओलीको कमेडी कल्बमा गईन अरे त !’

काठमाडौं । नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेपछि बधाईसंगै बिभिन्न टिप्पणी हुने थालेको छ ।

स्तम्भकार दिल निशानी मगरले मुन्द्रेको कमेडी कल्बमा काम गरेकी दिदी (करिश्मा मानन्धर) केपी ओलीको क्लबमा गईन अरे त ! भन्दै आलोचनात्कम टिप्पणी गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै हसाँउने गर्छन त्यसैले उनलाई बिभिन्न दलका नेताहरुले नेता नभएर ‘कमेडिन भएको भन्दै आलोचना गर्दै आएका छन् ।

उनले आफ्नो सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन्– मुन्द्रेको कमेडी कल्बमा काम गरेकी दिदी केपी ओलीको कमेडी कल्बमा गईन अरे त !

दिल निशानी मगर समसामयिक विषयमा सामाजिक संञ्जालमा ‘सटिक’ टिप्पणी गर्ने व्यक्तिको रुपमा चिनिन्छन् ।

उनले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् । तर पार्टीले उचित जिम्मेवारी दिए पछि नहट्ने पनि बताएकी थिइन ।