चिरञ्जीवीसंग किन रिसाए सलमान खान ? दिए फिल्म छोड्ने चेतावनी

एजेन्सी । तपाईलाई थाहा होला कि सुपरस्टार सलमान खान र साउथका मेगास्टार चिरञ्जीवीले एउटा प्रोजेक्टका लागि हात मिलाएका छन् । फिल्म गडफादरमा दबंग खानको केमियो छ । यो फिल्मका लागि सलमान खानले कुनै पारिश्रमिक लिएका छैनन् । अब सलमान खानको बारेमा एउटा अचम्मको खबर बाहिर आएको छ, जसले सबैलाई स्तब्ध बनाएको छ ।

किन रिसाए सलमान ?
सलमान खानले गॉडफादर छोड्ने धम्की दिएको सुनिएको छ । यो खबर आउनेबित्तिकै भाइरल भयो । यसअघि पनि ‘गडफादर’को छायाँकनका ​​क्रममा निर्माताहरूले सलमान खानलाई उनको क्यामियो रोलका लागि २० करोड अफर गरेका थिए । जसलाई अभिनेताले अस्वीकार गरे । तर जब उनलाई पारिश्रमिक लिन कर गरियो । त्यसपछि सलमान खानले निर्मातालाई फिल्म छोड्ने धम्की दिए ।

सलमानले कुनै पनि पैसा नलिई चिरञ्जीवीको फिल्ममा काम गर्ने निर्णय गरेका छन् । सलमानको यो निर्णयले चिरञ्जीवी र फिल्मको टिमलाई आश्चर्यमा पारेको छ । सलमान र चिरञ्जीवीबीचको सम्बन्ध निकै विशेष छ । यी दुई एकअर्कालाई धेरै वर्षदेखि चिन्दै आएका छन् र नजिकका साथी हुन् । दुवै स्टारले हैदराबादमा आफ्नो फिल्मको छायाँकन गरिरहेका छन् । यसको निर्देशक मोहन राजा हुन् । चलचित्रमा नायिका नयनतारा हुन् । फिल्ममा सलमानको २० मिनेटको भूमिका रहेको खबर छ ।