कुनै पदको लागि नभई म एमालेको कार्यकर्ता बन्न पार्टी प्रवेश गरेकी हुँ : करिश्मा मानन्धर

काठमाडौं ८ चैत । नेकपा एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफु कुनै पदको लागि नभई एमालेको कार्यकर्ता बन्न पार्टी प्रवेश गरेको बताएकी छन् ।

काठमाडौंमा एक कार्यक्रम मार्फत पार्टी प्रवेश गरेकी उनलाई अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका हुन् । ‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु’ उनले भनिन् ।

आफु अध्यक्ष ओलीबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताएकी उनले आफु एमाले प्रवेश गर्दा वर्षौ देखि एमालेमा रहँदै आएका कोहि पनि नडराउन आग्रह समेत गरेकी छन् ।