रुसले युक्रेनमा रासायनिक ह’ति’यार प्रयोग गर्न सक्छ : बाइडेन

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक ह’ति’यार प्र’योग ग’र्ने सक्ने जानकारी दिएका छन ।

उनले युक्रेन यु’द्धमा कडा प्रतिरोध सामना गरिरहेका कारण पुटिनले रासायनिक तथा जैविक ह’ति’यार प्रयोग गर्न सक्ने भनेका हुन् । रुसले यसैका लागि आधार तयार गर्न युक्रेनसँग जैविक एवम् रासायनिक ह’ति’या’र रहेको झूठो आरोपसमेत लगाएको बाइडेनको भनाइ छ ।

युक्रेनको सेनाले कडा प्रतिरोध गर्दा पुटिन ‘अप्ठ्यारोमा परेको’ पनि बाइडेनले बताए । पुटिनले ‘फल्स फ्ल्याग’ अर्थात् अरुलाई दोष देखाएर जैविक एवं रासायनिक ह’ति’यार प्रयोग गर्न सक्ने पनि उनको भनाइ थियो ।

‘उनीहरूले युक्रेनमा जैविक तथा रा’सा’यनिक ह’ति’यार भएको बताइरहेका छन्’, बाइडेनले भने, ‘यो दुबै ह’ति’या’र प्रयोग गर्नेबारे उनले (पुटिन) सोचिरहेको कुराको प्रस्ट संकेत हो ।’

यदि पुटिनले जैविक तथा रा’सा’य’निक ह’ति’यार प्रयोग गरे नेटो राष्ट्रले कडा कदम चाल्ने पनि बाइडेनको चेतावनी थियो । तर त्यस्ता ह’ति’या’र प्रयोग भएको अवस्थामा नेटोले चाल्न सक्ने कदमबारे उनले केही खुलाएनन् । एजेन्सी