बढ्यो सुनको मूल्य, पुग्यो यती ?

काठमाडौं। नेपाली बजारमा फेरि सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। एक सातासम्म १ लाखमुनि कारोबार भएको सुन मंंगलबार प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। सोमबारको तुलनामा प्रतितोला ८ सयले सुन महँगिएको हो ।

यसअघि फागुन २५ गते १ लाख ५ हजार ५ सय रुपैयाँसम्मको उच्च रेकर्ड बनाएको सुन त्यसयता केही घटेको थियो। अन्तर्राष्ट्रिय बजारमा फेरि मूल्य बढेकाले नेपालमा पनि असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। रुस र युक्रेनको युद्ध तत्काल हल नहुने संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा फेरि सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए।

त्यस्तै चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला १३९५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ। यसअघि फागुन २५ गते चाँदीको भाउ पनि प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो।