माल्दिभ्समा सन्नी लियोनीले यसरी मनाउँदै छिन् बिदा, पूलसाइड मोनोकिनी लगाएको उनको हट स्टाइलले माहोल ततायो

बलिउड अभिनेत्री सन्नी लियोनी अभिनयका अलावा आफ्नो बोल्ड अभिनयका लागि पनि परिचित छिन् । उनी आफ्नो बोल्ड र हट फोटोसुटका कारण पटक पटक चर्चामा आएकी छिन् । उनको बोल्ड स्टाइल देखेर मानिसहरु आकर्षित हुने गरेका छन् । अब फेरी एक पटक सन्नी लियोनीले आफ्नो निकै हट स्टाइलले आफ्ना फ्यानहरुलाई मोहित गरेकी छिन् ।

हालै उनले बिकिनीमा ग्ल्यामरस फोटोसुट गराएकी छिन् । उनले आफ्नो पछिल्लो फोटोसुट सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । सन्नी लियोनीले आफ्नो इन्स्टाग्राम र ट्विटर अकाउन्टमा केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरमा उनी मोनोकिनीको पहिरनमा देखिएकी छिन् । तस्विरमा सन्नीले सेतो, बैजनी र सुन्तला रंगको मोनोकिनिनी लगाएकी छिन् ।

यससँगै उनले आँखामा सनग्लास पनि लगाएकि छिन् । स्विमिङ पुलको छेउमा बोल्ड पोज दिँदै उनले यी तस्विरहरू क्लिक गरेकी छिन् । फोटोमा सन्नीले हल्का मेकअप गरेकी छिन् । यी तस्विरहरूमा उनको निकै हट र बोल्ड स्टाइल प्रस्ट देखिन्छ । यी तस्विरहरु शेयर गर्दै अभिनेत्रीले विशेष क्याप्सन पनि लेखेकी छिन् । उनले क्याप्सनमा लेखेकि छिन्– यस स्वर्गमा कुनै फिल्टर आवश्यक छैन१ू सन्नीका यी तस्बिरलाई उनका फ्यानहरूले निकै मन पराइरहेका छन् र यसबारे आफ्नो प्रतिक्रिया पनि दिइरहेका छन् ।

सन्नी लियोनीको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनी विगतमा आफ्नो वेब सिरिज ‘अनामिका’ को कारण चर्चामा थिइन् । उनको वेब शृंखला ओटीटी प्लेटफर्म एमएक्स प्लेयरमा प्रशारण गरिएको थियो, जसमा उनले एक गुप्त जासूसको भूमिकामा देखिएकी थिईन् । सनी यस एक्शन थ्रिलर वेब सिरिजमा स्टन्ट पनि गर्दै गरेको देखिएकी छिन् । यो वेब सिरिजलाई निर्देशक विक्रम भट्टले निर्देशन गरेका हुन् ।