ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने २४ वर्षीय नवीन पक्राउ

ललितपुर- उता ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट शिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

खत्रीमाथि ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको आरोप छ ।उक्त सूचना हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।