सकियो पल शाहविरुद्धको अनुसन्धान

काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका पल शाहविरुद्धको अनुसन्धान गरेर प्रहरीले सकाएको छ। एक १७ वर्षीया गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पलको अनुसन्धान सकाएर प्रतिवेदन बुझाएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाइएको छ।

जिल्ला अदालत तनहुँले तीनपटक गरी २१ दिन सम्म म्याद थपेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।