यस्ता छन् ग्रिन टी पिउनुका फाइदाहरु

१. क्यान्सरको जोखिमबाट बचाउँछ

नियमित ग्रिन टी सेवन गरेमा यसले क्यान्सरका रोगीलाई फाइदा गर्छ । साथै, क्यान्सरको जोखि पनि घटाउने विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

२. तौल घटाउँछ

ग्रिन टीमा पाइने इपिग्यालेक्टाटेकिन ग्यालेट तत्वले शरीरमा हुने मेटामोलिजम छिटो बनाउँछ जसले क्यालोरी घटाउन मद्दत पुर्याउँछ ।

३.मधुमेहका बिरामीलाई फाइदा

ग्रिन टी मधुमेह रोगीका लागि फाइदाजनक छ । औषधि विज्ञानमा भएको अभ्यासले पनि यो प्रमाणित गरिसकेको छ । ग्रिन टीले शरीरमा भएको प्लास्मा ग्लुकोजको तह घटाई तौल वृद्धिको जोखिम घटाइदिन्छ । जुन मधुमेह भएकाहरूमा छिटो विकास हुन्छ र फाइदा गर्छ ।

४.कोलस्ट्रोल घटाउँछ

नियमित रूपमा ग्रिन टी पिउँदा शरीरमा हुने खराब कोलस्ट्रोलका कारणले हुने मुटुजन्य रोग घट्छन् ।

५.मस्तिष्कको गतिविधिमा प्रभाव पार्छ

ग्रिन टी नियमित सेवन गर्नाले मस्तिष्कको प्रक्रियामा सकारात्मक प्रभाव पार्छ । साथै, अल्जाइमरको रोकथाम पनि गर्छ ।

 

६. छाला सुन्दर राख्न सहयोग गर्छ

नियति ग्रिन टी सेवन गरे छालामा फाइदा पुग्छ । घामले जलेको तथा सुन्निएको भागजस्ता दागलाई ग्रिन टीको प्रयोगले फाइदा पुग्छ । उदाहरणका लागि ग्रिन टीको ब्याग दागमा राख्नाले कालो दाग हट्न सक्छ