महंगो आइफोनमा देखियो नयाँ समस्या, उपभोक्ता हैरान

काठमाडौ । निकै महंगो पर्ने एप्पलले हालै विभिन्न नयाँ फिचर भएको आइओएस १५।४ मा समस्या देखिएपछि ग्राहक दिक्क भएका छन् । सो फोनमा भएको एउटा सुविधा प्रयोग गर्दा फोनमा समस्या आएको हो । आइओएस १५।४ मा प्रयोगकर्ताले मास्क लगाएरै फेस आइडीबाट आइफोन अनलक गर्न सक्ने फिचर राखीएको छ । सो फिचर अपडेट गरेपछि आइफोनमा समस्या आएको हो ।

प्रयोगकर्ताहरूले आइओएस १५।४ अपडेट गरेसँगै फोनमा तीव्र गतिमा ब्याट्री खपत भैरहेको बताएका छन् । ट्वीटरमा आइफोन प्रयोगकर्ताका गुनासाहरुको बाढी नै आएको छ । ट्वीटरमा प्रयोगकर्ताले गरेका गुनासा अनुसार आइओस १५।४ अपडेट पश्चात् आइफोनको ब्याट्री लाइफ अत्यन्तै कम भएको छ । ब्याट्रीको चार्ज १० मिनेटमै ५ प्रतिशतले घट्ने गरेको छ । एक आइफोन १३ प्रो म्याक्स प्रयोगकर्ताका अनुसार उनको आइफोनको ब्याट्री आधा दिनमै आधाजसो रित्तिने गरेको छ ।

क्तिपय प्रयोगकर्ताहरूका अनुसार आइफोनमा ९६, ९७ प्रतिशतसम्म चार्ज गरेर प्लग निकालेपछि शतप्रतिशत चार्ज भएको देखाउने गरेको छ । तर ५ मिनेटपछि आइफोन रिस्टार्ट गर्दा ब्याट्री चार्ज तीव्र गतिमा घटेको हुन्छ । आइफोन अपरेटिङ सिस्टममा नयाँ अपडेटसँगै देखा परेको ब्याट्री लाइफको यो समस्यका विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

आइओएस १५।४ को अपेट आइफोन १३ सिरिज, आइफोन १२ सिरिज, आइफोन ११ सिरिज, आइफोन एक्स सिरिज, आइफोन ८, आइफोन ८ प्लस, आइफोन सेभेन, आइफोन सेभेन प्लस, आइफोन ६ एस, आइफोन ६ एस प्लस र आइफोन एस इ मा उपलब्ध छ । त्यस्तै आइप्याड टचमा पनि यो अपडेट उपलब्ध छ ।