के हुन लाग्दैछ लेटाङमा ? एक छात्रा माथि शिक्षकले गरे यौन दुब्र्यवहार , शिक्षकलाई आक्रोशित भीड बाट निकाल्ने क्रममा महिला प्रहरीको मृत्यु

मोरंगको लेटाङमा बलात्कार र यौन दुब्र्यवहारका घटनाहरु बढ्न थालेका छन् । केही हप्ता अघि एक बालिकालाई जबरजस्ती करणी पश्चात हत्या गरिएको अवस्थामा भेटिएको घटना सेलाउन नपाउँदै अर्काे घटना बाहिर आएको छ । मोरङको लेटाङ नगरपालिकामा कक्षा ६ मा पढ्ने छात्रा माथी त्यहि बिद्यालयमा कार्यरत शिक्षकद्धारा यौन दुब्र्यवहार भएको घटना बाहिर आएको हो ।

आइतबार नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले ति छात्रा माथी दुब्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए। शिक्षकलाई आक्रोशित भिड बाट सुरक्षित रुपमा बाहिर निकाल्न खटिएको प्रहरी टोलीमाथि गाउँलेले आक्रमण गरेका थिए । सोही क्रममा एक महिला प्रहरीको मृत्यु भएको खबर बाहिर आएको छ।

यद्यपी आधिकारीक पुष्टि हुन बाँकि रहेको छ । लेटाङका नगर प्रमुख शंकर राईका अनुसार उक्त घटना पछि आक्रोशित भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो। तर, आक्रोशित भीडले विद्यालय परिसरमा शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।

त्यतिमात्र हैन नगरपालिकाका उपमेयर तथा सोही वडाका वडा अध्यक्ष समेतलाई आक्रमणको प्रयास भएको थियो । आक्रोशित भिड अनियन्त्रित भएपछि भीडले स्कु्ल परिषरमा तोडफोड गर्नुका साथै सवारी साधनमा आगजनी समेत गरेका थिए । विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीको टोलीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले आक्रमण गरेको थियो। सो क्रममा एक महिला प्रहरीको मृत्यु भएको बताइएको छ।

स्थानीयका अनुसार मृतक प्रहरीको घाँटीमा धारिलो हतियार छुरा प्रहार गरिएको छ । त्यसपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायर खोलेको थियो । सो क्रममा प्रर्दशनमा उत्रिएका एक युवकलाई समेत गोली लागेको खबर रहेको छ । प्रहरीले यस घटनाका बिषयमा केही बोल्न चाहेको छैन ।