आज पनि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौ । केही दिन यता ओरालो लागेको सुनको मुल्य साताको पहिलो दिन आज पनि घटेको छ। आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो। त्यस्तै, आइतबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा करोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तराट्रिय वजारमा भएका् घटवढले नेपालमा पनि सुनको मुल्य अस्थिर भएको थियो । सुन प्रति तोला एक लाख ५ हजार रुपैया माथि पुगेको थियो । केही दिन सम्म लगातार उकालो चढेको सुन चाँदीको मुल्यले पछिल्लो केही दिन यता ओरालो बाटो लागेको छ ।