आगामी चुनावमा कांग्रेस सभापति देउवाले सूर्य चिह्ममा भोट हाल्नुहुन्छ : ओली

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चिह्ममा भोट हाल्ने बताएका छन्।

शनिबार पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीसमेत रहेका देउवालाई यस्तो व्यंग्य गरेका हुन्।

कांग्रेसले कुनै बेला कम्युनिष्ट सरकारले ६० वर्ष पुगेकालाई गोली ठोक्छ भनी भ्रम फैलाएको उल्लेख गर्दै उनले कांग्रेसले चुनाव प्रचारप्रसारका लागि जे पायो त्यही बोल्ने गरेको आरोप समेत लगाए।

पुरानो मत परिणामअनुसार एमाले अहिले पनि हरेक ठाउँमा पहिलो रहेको भन्दै अध्यक्ष ओलीले अहिलेको मत परिणामअनुसार एमाले अत्यधिक बहुमतको पार्टी रहेको दाबी गरे।