टुँडिखेलबाट ख सेर १७ वर्षीय कृजन गुरुङको मृत्यु

काठमाडौं :

तनहुँको बन्दीपुरस्थित टुँडिखेलबाट ख’से’र बुधबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–२ हल्थुम बस्ने १७ वर्षीय कृजन गुरुङ रहेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ टुँडिखेलको भिरबाट ख’से’र उनको मृत्यु भएको हो । टँुडिखेलमा लगाइएको रेलिङ भत्किएर तीन सय मिटर तल ख’से’का उनलाई घाइते अवस्थामा उद्धार गरी बन्दीपुर अस्पताल पु-याइएकामा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनासम्बन्धमा अनुसन्धान भइरहेको छ ।

उनी भानु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले घटनाले आफूहरुलाई स्तब्ध बनाएको भन्दै गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

यस्तै चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते दराईको भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती पौने ११ बजे चितवनकै चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढ चितवनले जानकारी दिएको छ ।