पल शाह काण्ड : अर्की चर्चित युवती पनि चितवनबाट पक्राउ

काठमाडौँ :

अभिनेत्री रेखा थापाको चरित्रह’ ‘त्या गरेको आ’रोपमा अभियानी शर्मिला वाइवा पक्राउ परेकी छन् । अभिनेत्री थापाले साइबर ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले वाइवालाई चितवनको टाँडीबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा स्टाटस लेखेपछि आफूलाई गा’ ‘ली बे’इ’ज्ज’त गरी च’रित्रह’ ‘त्या गरेको भन्दै थापाले वाइवावि’रुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

कर णीको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहबाट पीडित भनिएकी बालिकाको समर्थनमा अभिनेत्री थापाले स्टाटस लेखेकी थिइन् ।

अभिनेता शाहको समर्थक रहेकी वाइवाले थापालाई गा’ ‘ली बे’इ’ज्ज’त गरेको आरोप छ । उनले पल शाह प्रकरणमा नायिका रेखा थापावि’रुद्ध युट्युबमार्फत क’पोक’ल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ । नायिका थापाको उजुरीका आधारमा शर्मिला पक्राउ परेकी हुन् ।

सामाजिक अभियन्ता बताउने वाइबाले सो प्रकरणमा जोडेर नायिका थापावि’रुद्ध अन्तरवार्ता दिएको भिडियो सार्वजनकि भएको थियो । यसअघि पनि पल शाह प्रकरणसँग जोडेर नायिका रेखा थापाविरु’द्ध बोलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।

यस्तै जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले कम्तिमा पनि १३ वटा आधार र प्रमाणले शाहविरुद्ध कर णीको अभियोग पुष्टि हुने दाबी गरेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा शाहमाथि अधिकतम १४ वर्ष कैद सजायको मागदावी गरिएको छ ।

नवलपुर पूर्वका सहायक जिल्ला न्यायाधीवक्ता डालबहादुर नेपालीका अनुसार अभियोगपत्रमा बयानबाहेक घटनाको पुष्टि हुने अन्य प्रमाणसमेत पेश भएका छन् । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत रिसोर्टमा बसेको पुष्टि हुने उनले बताए ।

सरकारी वकिलले अदालतमा इन्ट्री बुकको प्रतिलिपि नै पेश गरेको छ, जसमा २०७७ चैत ७ र ८ गते गैंडाकोट रिसोर्टको ६ वटा कोठामा अभिनेता शाह, पीडितलगायत सुटिङ युनिट बसेको व्यहोरा उल्लेख छ । रिसोर्टका सञ्चालक शुलोचना कुँवर जिसी र वेटर भोजराज वस्तीले पनि उक्त दिन शाहसहित कलाकारहरु त्यहाँ बसेको बयान दिएका छन् र शाहले मा’प’से गरेको पनि उल्लेख गरेका छन् ।

‘सबै कोणबाट हेर्दा घटना पुष्टि हुने आधार र प्रमाण फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वका प्रमुख एसपी प्रज्जवल महर्जनले भने, ‘१४ वर्षदेखि १६ वर्षकी बालिका कर णी आरोपमा १२ देखि १४ वर्ष कैद सजायको व्यवस्था छ, अधिकतम सजाय हुनुपर्छ भनी मागदावी गरेका छौं ।’

प्रहरीले सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको पल शाहको अडियो रेकर्डलाई पनि महत्वपूर्ण प्रमाण मानेको छ र अदालतमा २ मिनेट ३५ सेकेण्डको अडियो रेकर्ड पेश गरेको छ । अडियोमा शाहले ‘प्रेमी प्रेमिकामा सहमतिमा भयो होला

सहमतिको हिसाबमा हुँदा पनि अन्तिममा स्वीकार्नै पर्छ ? विवाह गर्नै पर्छ ?’ जस्ता कुरा बोलेका छन् ।

 

सरकारी वकिलले चाहिँ शाहले कर णी गरेको होइन भनेपनि रेकर्डमा भएको आवाज आफ्नो भन्नु, घटना भएको मितिमा पीडितसँगै बसेको तथ्यलाई स्वीकार्नु र जाहेरी व्यहोरा, पीडितको कागजलाई पनि अन्यथा भनेर खण्डन गर्न नसकेको देखिएकाले अभियोग पुष्टि हुने भनेको छ । पीडितको स्वास्थ्य परीक्षणले पनि कर णी भएको भन्ने आधारलाई पुष्टि गरेको अभियोग पत्रमा उल्लेख छ ।