कसरी हुन्छ वर्गहरूको उत्पत्ति ?

सामाजिक श्रम विभाजन सामाजिक उत्पादनका विकास प्रक्रियाको अपरिहार्य परिणाम हो। ऐतिहासिक विकास प्रक्रियालाई भौतिकवादी आधारमा हेर्दा मानिसलाई बाच्नका लागि सर्वप्रथम भोजन, पानी र वासस्थानका साथै जीवन धान्न र बाच्न अन्य विभिन्न बस्तु र साधनको आवश्यकता पर्छ। जसको प्राप्तिका लागि उसको एक मात्र आधार आफ्नो चारैतिरको प्रकृति, विशेष गरेर धरतीमा प्राप्त प्राकृतिक वस्तु नै हो। यसका लागि उसले प्रकृति माथि आफ्ना श्रमिक क्रियाकलाप गर्दछ। यस प्रक्रियामा स्वाभाविक रूपमा सबै कामलाई सहज र सुव्यवस्थित गर्न व्यक्तिको क्षमता, शारीरिक अवस्था, सीप आदिको कारण परस्परमा कामको विभाजन गर्ने अवस्था सिर्जना हुन्छ। यो जीवन र अवस्थाले प्रस्तुत गर्ने प्राकृतिक वस्तुगत आवश्यकता हो। श्रम विभाजनको आदिम अवस्थामा आवश्यकता र शारीरिक सामर्थ्य अनुसार परस्परमा कार्य विभाजन गरिएको थियो। तर मानवको दैनिक आवश्यकताको वृद्धिले उत्पादनको विकास गर्नु पर्ने आवश्यकता जन्माउँछ र त्यसले उत्पादनमा वृद्धिका साथै उत्पादनका क्षेत्रहरूको विस्तार र उत्पादनको लागि सहयोगी साधन-हतियारको आविष्कार गर्नु पर्ने वस्तुगत अनिवार्यता जन्माउँछ। यो अस्तित्वका लागि जीवनले सृजना गरेको प्राकृतिक आवश्यकता हो, जसको परिपूर्ति विना मानव जीवन गतिमान रहन सक्दैन। यस प्राकृतिक आवश्यकताले एकतर्फ उत्पादनको विस्तार र विविधीकरण तथा परिणाममा वृद्धिको माग गर्छ भने अर्कोतर्फ उत्पादनका विविध औजार र उत्पादनका साधनहरूको विकास गर्छ। जुन कुरा समष्टिगत रूपमा उत्पादक शक्तिको विकास हो।

उत्पादक शक्तिको यस विकाससँगै उत्पादन र उत्पादकत्वमा वृद्धि, उत्पादनका क्षेत्रहरूको विस्तार, श्रमका औजार तथा साधनहरूको विकास र मानव चेतनाको विकास त हुन्छ नै यसका साथै पारस्परिक श्रम विभाजनको पनि विस्तार गर्नु पर्ने हुन्छ। यति मात्र होइन श्रम विभाजनको यस विभाजनसँगै श्रमका साधन र उत्पादनको क्षेत्र, कामको चरित्र तथा कामका विशिष्ट क्षेत्रहरूको आधारमा व्यक्तिहरूको पेशा पनि विभाजित हुँदै जान्छ। यो एक दिनमा वा अचानक हुने परिवर्तन होइन। यो सनैसनै लामो कालखण्डमा हुने क्रमिक परिवर्तनकारी प्रक्रिया हो। परिणाम स्वरूप विस्तारै सामाजिक श्रम विभाजनका विभिन्न रूप अगाडि आउँ छन् र समाज विभिन्न सामाजिक तपका र समूहहरूमा विभाजित हुँदै जान्छ। परिणाम स्वरूप यस विभाजनबाट वर्गहरूबीचको द्वन्द्व, गाउँ तथा शहरका बीचमा द्वन्द्व, पेशागत आधारमा सामाजिक विभेद र तहगत सामाजिक विभाजन आदि विविध विभेद र अन्तरद्वन्द्वहरूले जन्म लिन्छन्। तर यो विभाजन सबै देशहरूमा वा जाती समूहमा तिनको भौगोलिक अवस्था, विज्ञान तथा प्रविधिको ज्ञान, उत्पादन क्षेत्रहरूको विस्तार आदि अनेकौं कारणले सर्वत्र समान वा एकनासको हुँदैन। समय र अवस्था सापेक्ष तथा विकासको गतिसापेक्ष स्थापित हुन्छ र परिवर्तन हुँदै रहन्छ।

सामाजिक श्रम विभाजनको प्रक्रिया समाजमा भइरहने सामाजिक र आर्थिक विकासको प्रक्रियासँगै निरन्तर चलिरहने प्रक्रिया हो र यो व्यक्तिगत श्रम र समष्टिमा सामाजिक श्रम विभाजन बीचको सम्बन्ध हो। मार्क्सका शब्दमा भन्ने हो भने ‘सामाजिक श्रम

सामाजिक श्रम विभाजनको प्रक्रिया समाजमा भइरहने सामाजिक र आर्थिक विकासको प्रक्रियासँगै निरन्तर चलिरहने प्रक्रिया हो र यो व्यक्तिगत श्रम र समष्टिमा सामाजिक श्रम विभाजन बीचको सम्बन्ध हो। मार्क्सका शब्दमा भन्ने हो भने ‘सामाजिक श्रम विभाजन एकतर्फ व्यक्तिगत श्रम र समष्टिमा सामाजिक श्रम बीचको सहअस्तित्वको अवस्था हो अर्थात् सामाजिक जीवनका विभिन्न फाँटमा गरिने विभिन्न किसिमको श्रम, जसले वस्तु उत्पादन गर्दछ तिनका सहअस्तित्वको अवस्था हो।’ यस दृष्टिकोणबाट हेर्ने हो भने हामी श्रम विभाजनको प्रक्रियालाई दुइटा पक्षबाट हेर्न सक्छौं। पहिलो- श्रमिक र श्रम गरिने विभिन्न फाँटहरू, जहाँ विभिन्न व्यक्तिहरू आ-आफ्नो ठाउँमा श्रमका भिन्न-भिन्न क्षेत्रहरूमा काम गरिरहेका हुन्छन् र विभिन्न सामान उत्पादन गर्छन्। तर, यी क्रियाकलापहरूबाट समष्टिमा समाजले सामाजिक उत्पादन गरिरहेको हुन्छ। यो निरन्तर विकसित भइरहने प्रक्रिया हो। दोस्रो- यसका साथसाथै श्रमका क्षेत्र र कामको प्रकृतिले गर्दा त्यसमा प्रयागे गरिने औजार र साधन पनि भिन्न-भिन्न हुँदै जान्छन् र कामका क्षेत्रहरूको विशिष्टता अनुसार व्यक्तिहरूबीच श्रमको विभाजन पनि हुँदै जान्छ। तर, समष्टिगत रूपमा सामाजिक उत्पादन भइरहेको हुन्छ। स्वाभाविक छ निरन्तर एउटै क्षेत्रमा र समान प्रकृतिको काम गर्ने व्यक्तिहरूको सीप, क्षमता तथा उत्पादनशीलतामा विकास हुन्छ र विभिन्न क्षेत्रमा नयाँ नयाँ उत्पादक शक्तिको विकास हुन्छ र नयाँ नयाँ किसिमले सामाजिक श्रम विभाजन हुँदै जान्छ। यो सामाजिक श्रम विभाजनको द्वन्द्वात्मक विकास प्रक्रिया हो।

सामाजिक श्रम विभाजनका दुई पक्ष छन्। पहिलो- प्राकृतिक कार्य विभाजन। यसमा कामको प्रकृति वा बस्तु उत्पादन र विनिमय आदिको आधारमा श्रम विभाजन नभएर प्रकृति प्रदत्त विशिष्टता र अवस्थाहरूले नै कार्य विभाजन गरेको हुन्छ। जस्तो स्त्री र पुरुषहरू बीचको श्रम विभाजन वा भौगोलिक अवस्थाका कारण हुने श्रम विभाजन। यस्तो विभाजन कुनै पारस्परिक लेनदेनको आधारमा नभै प्रकृति प्रदत्त शारीरिक अवस्था र क्षमता तथा भौगोलिक अवस्थाको कारणबाट हुने कार्य विभाजन हो। दोस्रो- समाज विकास प्रक्रियाले जन्माएको अवस्था र पारस्परिक सम्बन्ध तथा लेनदेनको आधारमा स्वाभाविक रूपमा हुने सामाजिक श्रम विभाजन, जसमा मानवहरू उत्पादनको दौरान आवश्यकताको आधारमा परस्पर आबद्ध र विभाजित हुन्छन्।

श्रम विभाजन प्रक्रियाको आफ्नो इतिहास छ र यो प्रक्रिया मोटामोटी रूपमा चार चरण भएर अगाडि बढेको छ। सामाजिक कार्य विभाजन सुरु हुन भन्दा पहिले मानिस जीविकोपार्जनका लागि सिकार गर्ने, माछा मार्ने, प्राकृतिक रूपमा यत्रतत्र प्राप्त खाद्योपयोगी बस्तुको संकलन गर्ने आदि काममा नै आफ्नो जीवन बिताउँथे र अतिरिक्त श्रमको कुनै सम्भावना थिएन र यहाँ प्राकृतिक रूपमानै श्रम विभाजित थियो- घर कुर्ने, सिकार गर्ने, माछा मार्ने आदि। दोस्रो श्रम विभाजन, जसलाई एंगेल्सले महान् श्रम विभाजन भनेका छन्, तब भयो जब मानिस चरवाहा घुमन्ते पशुपालकको अवस्थाबाट नियमित पशुपालनका साथै कृषि उत्पादनको अवस्थामा प्रवेश गर्‍यो र पशुपालक, कृषक र शिल्पीहरूको रूपमा सामाजिक श्रम विभाजित हुन पुग्यो। त्यसपछि जब मानिसले कृषि र पशुपालनसँगै तानहरूको प्रयोग, धातु निकाल्ने पगाल्ने र त्यसबाट औजार तथा अन्य सामानको निर्माण गर्ने सीपको विकास, फलाम तथा काँसाको प्रयोग, घरेलु औजारहरूको विकास र कृषि केन्द्रित उत्पादन प्रणालीको विकाससँगै सामाजिक सम्पत्तिको विकास र अतिरिक्त उत्पादनको विनिमय आदिका विकासको क्रममा तेस्रो सामाजिक श्रम विभाजन भयो। मार्क्सका शब्दमा, ‘कृषि उत्पादन तात्कालिक सम्पूर्ण व्यवस्थित समाजका लागि सामाजिक उत्पादनको पहिलो रूप हो। (मार्क्स-एंगेल्स-ठेली ४ मस्को)। यसका साथै यसै चरणमा कृषि भूमि तथा चरनको सामूहिक उपयोग, उत्पादनमा सामूहिक

उपयोग, उत्पादनमा सामूहिक स्वामित्व र सामूहिक उपभोगको परिपाटीले पनि जन्म लियो। श्रम विभाजनको चौथो चरण औद्योगिक क्रान्तिको जन्मसँगै सुरु भएको मानिन्छ जहाँ श्रम विभाजन उत्पादनका उपरोक्त परम्परागत विधामा सीमित नरहेर उद्योगका विभिन्न फाँट, विज्ञान तथा प्रविधि, सेवा तथा वाणिज्यका विविध फाँटहरूको आधारमा भएको छ।

तर, न समाज विकासको प्रक्रिया रोकिन्छ, न उत्पादक शक्ति र उत्पादन क्षेत्र र औजार तथा प्रविधिको विकास रोकिन्छ। यस विकाससँगै मानव समाजमा अतिरिक्त उत्पादनको विकास मात्र भएन मानिस वस्तु उत्पादनसँगै बौद्धिक उत्पादन, जसलाई बौद्धिक सम्पत्ति पनि भिन्ने गरिन्छ, प्रक्रियासँग पनि जोडियो। परिणाम स्वरूप सामाजिक जीवनको एउटा भागले आफूलाई विज्ञान, शिक्षा, स्वास्थ्य, प्रविधि आदि जस्ता क्षेत्रमा केन्द्रित गर्‍यो र गर्दैछ, जसबाट नयाँ-नयाँ बौद्धिक सम्पदाको उत्पादन भइरहेको छ र नयाँ मानव संस्कृतिको विकास भइरहेको छ। यसबाट विज्ञान र प्रविधिको विकाससँगै सेवा क्षेत्रको पनि अभूतपूर्व विकास भएको छ र समाजको एउटा हिस्सा यस क्षेत्रमा कार्यरत छ। यस यसलाई श्रम विभाजनको पाँचौं चरण मानिएको छ।

वस्तु उत्पादन र विनिमयको यस दोहोरो सम्बन्धको ऐतिहासिक पृष्ठभूमिको आधारमा एंगेल्सले आफ्नो प्रसिद्ध पुस्तक, ‘परिवारको उत्पत्ति, निजी सम्पत्ति र राज्यसत्ता’मा सामाजिक कार्य विभाजनका तीन महान् ऐतिहासिक चरणको उल्लेख गरेका छन्। जुन कुरा आजसम्म सर्वस्वीकृति रूपमा सबैले मानेका छन्। ती हुन्- १. पहिलो महान् विभाजन सिकार गरेर, माछा मारेर तथा प्राकृतिक रूपमा प्राप्त खाद्य पदार्थ संकलन गरेर जीविकोपार्जन गर्ने आदिम बर्बर जमातबाट पशुपालक घुमन्ते चरवाहा जमात बेग्लिनु। २. दोस्रो, महान् विभाजन कृषि र घरेलु शिल्पीहरू बीचको कार्य विभाजन। ३. तेस्रो महान् विभाजन कृषि, घरेलु शिल्पीहरूबाट बणिकहरूको विभाजन, जसले कुनै उत्पादन गर्दैनन् तर उत्पादित बस्तुहरूको विनिमयद्वारा आफ्नो जीविकोपार्जनको काम गर्छन्। यिनै बस्तुगत कारणहरू तथा सामाजिक क्रियाकलापहरूले नै समाज विभिन्न वर्ग र तप्काहरूमा विभाजित हुन्छ।

निश्चय नै सामाजिक श्रम विभाजनको प्रमुख कारण समष्टिगत रूपमा उत्पादनको विकास र उत्पादन क्षेत्रको विस्तार हो। अर्कोतर्फ यस विभाजनले उत्पादक शक्तिको चौतर्फी विकासलाई पनि उत्प्रेरित र प्रभावित गर्दछ र नयाँ विकासको आवश्यकतालाई जन्म दिन्छ। वैज्ञानिक अनुसन्धान तथा तकनिकी विकासले निरन्तर नयाँ नयाँ भौतिक श्रोत र सम्भावनाहरू पहिल्याउँदै छ। फलस्वरूप हिजो देखा नपरेका र अस्तित्वमा नरहेका उत्पादनका नयाँ क्षेत्र उद्घाटित हुँदै गइरहेका छन्। यसका साथै श्रम विभाजनका नयाँ क्षेत्रहरू र श्रमिक वर्गका नयाँ-नयाँ तप्काहरूको पनि उदय भइरहेको छ। यो निरन्तर चलिरहने अटुट शृंखला हो। अहिले विज्ञान, प्रविधि, शिक्षा, कला, खेलकुद तथा मनोरञ्जन, पर्यटन, बैंकिङ प्रणाली आदि जस्ता विशिष्टीकृत क्षेत्र, नयाँ-नयाँ विशिष्ट सामाजिक उद्योगका क्षेत्र, जसलाई सांस्कृतिक उद्योगको रूपमा परिभाषित गरिन्छ, विकसित भएपछि पाँचौं चरणको सामाजिक श्रम विभाजन भएको छ। यसका साथै सूचना प्रणालीको विकास, सफ्टवेयरमा आधारित कम्प्युटर

प्रणाली आदि जस्ता विशिष्टीकृत क्षेत्र, नयाँ-नयाँ विशिष्ट सामाजिक उद्योगका क्षेत्र, जसलाई सांस्कृतिक उद्योगको रूपमा परिभाषित गरिन्छ, विकसित भएपछि पाँचौं चरणको सामाजिक श्रम विभाजन भएको छ। यसका साथै सूचना प्रणालीको विकास, सफ्टवेयरमा आधारित कम्प्युटर प्रणालीको विकास, साइवरनेटिक्स्को विकासले श्रमका नयाँ क्षेत्र, साधन तथा औजारको अभूतपूर्व विकाससँगै सामाजिक बौद्धिक उत्पादनका विशिष्टीकृत उद्योगहरूको विकास भइरहेको छ र मानव समाज छैटौं श्रम विभाजनको चरणमा छ।

के देखिन्छ भने, सामाजिक उत्पादन र उद्यौगिकरणको विकास, विविधीकरण र विशिष्टीकरणसँगै श्रम विभाजनको क्षेत्र र अवस्था मात्र होइन स्वयम् उद्योग, श्रम, श्रमिक, पूँजी, अतिरिक्त उत्पादन, ज्यालादारी श्रम र श्रमिक वर्गको क्षेत्रगत अवस्था र परम्परागत पहिचानमा पनि निरन्तर परिवर्तन भइरहेको छ र संरचनागत जटिलता थपिँदै गएको छ। यसैअनुसार श्रमिक वर्ग तथा सामाजिक श्रम विभाजनको पनि विस्तार, विविधीकरण तथा विशिष्टीकरण भएको छ। विशिष्टीकृत क्षेत्रहरूमा सम्पादन गरिने कामको चरित्र, कार्यस्थलहरूको विविधता र विशिष्टीकरणको अवस्था आदिका कारणले स्वयम् श्रमिक वर्गको चरित्र, स्वभाव तथा आधारभूत आवश्यकतामा पनि विविधता छ। तर, परिवर्तनको यस सम्पूर्ण परिघटनालाई कुनै अन्यथा रूपमा होइन मार्क्सद्वारा प्रतिपादित सामाजिक आवश्यकता, सचेत सामाजिक श्रम, सामाजिक उत्पादन र सामाजिक चेतना बीचका गतिशील द्वन्द्वात्मक अन्तरसम्बन्ध, क्रिया-प्रतिक्रिया-पुनः क्रियाको नैसर्गिक निरन्तरता र द्वन्द्वात्मक गति र मानव समाजको निरन्तर उत्पादनको नयाँ उँचाइ प्राप्त गर्ने नैसर्गिक चाहना बीचका द्वन्द्वात्मक सम्बन्ध र त्यसका गतिको स्वाभाविक परिणामको रूपमा नै लिनु पर्दछ। मार्क्सवादीहरूले यस परिवर्तन र परिवर्तित अवस्थासँग कदम मिलाएर हिँड्नु सक्छु पर्छ। अन्यथा समाज विकासको गति र मार्क्सवादी विज्ञानका विकासको गति बीचको तादात्म्य गुम्ने छ र मार्क्सवाद नितान्त किताबी ज्ञान र जड सूत्र विज्ञानमा परिणीत हुने छ। गति शून्यता कुनै पनि विज्ञानका चरित्रको प्रतिलोम अवस्था हो।

आज मार्क्सको समयमा जस्तो ठुला उद्योगहरूमा एउटै छानो मुनि काम गर्ने ज्यालादारी श्रमिक वर्ग, जसलाई सर्वहारा भनी परिभाषित गरियो र मार्क्सका शब्दमा ‘विश्व परिवर्तन’का लागि निर्णायक अग्रणीय संगठित शक्तिका रूपमा परिभाषित गरियो। आज त्यस ज्यालादारी श्रमिकको क्षेत्र ज्यादै विस्तृत र विविधतायुक्त भएको छ। आज ज्यालादारी श्रमिक केवल कलकारखाना र खेत खलिहानमा ‘सर्वहारा’को त्यही रूपमा सीमित रहेन। उपरोक्त कारणहरूले बौद्धिक श्रमजीवी वर्गको तीव्र विकास भएको छ र चौथो तथा पाँचौं श्रम विभाजन पछि विशिष्टीकृत औद्योगिक, वैज्ञानिक, प्राविधिक तथा सेवा जस्ता विशिष्टीकृत क्षेत्रहरूमा हिजो सफेदपोष श्रमजीवी वर्ग भनिने बौद्धिक श्रमजीवी कार्यरत छन् र सामाजिक उत्पादनको अपरिहार्य आवश्यक अंग बनेका छन्। तर, पूँजीवादी श्रम बजारमा विक्रिहुने जुनसुकै श्रम, चाहे त्यो सफेद पोस श्रमिक होस् वा शारीरिक श्रम विक्रेता नीलो पोसाकधारी सर्वहारा, ज्यालादारी श्रमिक नै हो र जे-जस्तो ठाउँमा, कार्यस्थलमा वा कार्यक्षेत्रमा काम गरे पनि पूँजीवादी आर्थिक सम्बन्ध अन्तरगत नै पूँजीपतिका लागि अतिरिक्त मूल्य उत्पादन गर्दै छ र शोषणमा परेको छ। नाफा विना पूँजी बजारमा आउँदैन र अतिरिक्त श्रमको शोषण विना पूँजीले अतिरिक्त मूल्य (नाफा) पाउँदैन। पूँजीवादी बजारमा ज्यालादारी श्रम कुन ठाउँ वा अवस्थामा बेचिएको छ, त्यो मुख्य कुरा होइन, मुख्य कुरा हो जे जहाँ र जुन रूपमा भए पनि, चाहे त्यो शारीरिक श्रम होस अथवा मानसिक, श्रमिकको अतिरिक्त श्रमले अतिरिक्त मूल्य निर्माण गरी रहेको हुन्छ। अतिरिक्त श्रमको शोषण बिना पूँजीवादको अस्तित्व

रहँदैन। शोषणको प्रतिशत वा रूप जे भए पनि पूँजीद्वारा श्रमको शोषण हुन्छ नै। यो सम्पूर्ण श्रमजीवीको साझा अवस्था हो।

पूँजीवादी उत्पादन प्रणालीको पहिलो श्रम विभाजन उद्योगभित्रका शाखाअनुसारको कार्य विभाजन र औद्योगिक उत्पादनको व्यवस्थापन प्रणाली हो र यस्तो विभाजन पूँजीवादको वर्तमान चरणमा पनि झन् बढी र परिष्कृत रूपमा भइरहेको छ। विज्ञान तथा प्रविधिको विकाससँगै पूँजीवादी उत्पादन प्रक्रियामा अगाडि आएको यस्तो विभाजन श्रम विभाजन र सिंगो समाजको श्रम विभाजन एउटै कुरा होइन बल्की यो औद्योगिक प्रतिष्ठानभित्रका शाखा उपशाखामा गरिने विशिष्टीकृत क्रियाकलापहरूको आधारमा गरिने श्रम विभाजन हो। यस्तो श्रम विभाजन कार्य विभाजनको रूपमा आज उद्योग, व्यापार, सेवा क्षेत्र, बैंकिङ आदि सर्वत्र विद्यमान छ। औद्योगिक क्रान्तिसँगै द्रुत गतिमा भएको औद्योगिक विकासले श्रम व्यवस्थापन र नियन्त्रणको जटिल प्रश्न प्रमुख रूपमा उपस्थित गर्‍यो। सुरुमा उर र अब्बास जस्ता व्यक्तिहरूले सैद्धान्तिक आर्थिक आधारमा यसको समाधानका प्रयास गरे। तर, यी सुधारहरूले उत्पादनको विकाससँगै बढ्दै गएका जटिलताहरूको अवस्थामा पूँजीवादी औद्योगिक श्रम व्यवस्थापनको माग, जसको प्रमुख पक्ष हो।

श्रमको अधिकतम शोषण र अधिकतम अतिरिक्त उत्पादनको उपभोगबाट पूँजीको वृद्धि र केन्द्री करण, पुरा गर्न सकेन। यस अवस्थामा उन्नइसौं शताब्दीको अन्ततिर टेलर सिद्धान्त अगाडि आयो। यो सिद्धान्त श्रमिक वर्गको लागि वा शुद्ध मानवतावादको पक्षबाट ल्याइएको नभै श्रमको अधिकतम शोषण र पूँजीवादको दीर्घ जीवनको उद्देश्यबाट अगाडि आएको थियो। यस सिद्धान्तले प्रमुख रूपमा उत्पादन प्रक्रिया र त्यसको नियन्त्रणका आधारभूत पक्षहरूको उठान र व्यवस्थापनको पक्षलाई विशेष रूपमा विश्लेषण गरेको हुँदा ठुला औद्योगिक प्रतिष्ठानहरूको व्यवस्थापनका लागि यो सिद्धान्त बढी सहयोगी सिद्ध भयो। यसपछि सैद्धान्तिक रूपमा व्यवस्थापनमा देखिएका समस्याहरूको व्यवहारिक व्यवस्थापनको लागि वैज्ञानिक र प्राविधिक उपलब्धिहरूको समुचित उपयोग गरी वैज्ञानिक व्यवस्थापनको पद्धति अपनाइयो। आज यो सिद्धान्त विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका उपलब्धिहरूलाई उत्पादनका साधनको रूपमा औद्योगिक व्यवस्थापनको प्रमुख साधन बनाइएको छ।

समष्टिगत रूपमा हेर्ने हो भने श्रम (ज्याला) र अतिरिक्त श्रम (नाफा) को अनुपात औसत रूपमा सबै ठाउँ र अवस्थामा उस्तै नै हुन्छ। अनुपातको यो सन्तुलन खलबलिएमा पूँजीवादी बजार नै खलबलिन पुग्छ र बजारको सन्तुलन गुम्न जान्छ। पूँजीवादको आधारभूत चरित्र श्रम शोषणबाट नयाँ पूँजी उत्पादन गर्नु हो र पूँजी वृद्धिको एक मात्र आधार अतिरिक्त श्रमको शोषण नै हो। त्यस कारण शोषणबाट श्रमको मुक्ति, आज पाँचौं पुस्ताको श्रम विभाजनको अवस्थापछि पनि उस्तै छ र आज पनि सबै क्षेत्रका सम्पूर्ण श्रमजीवीहरूको एक मात्र साझा वर्गीय स्वार्थ वर्गीय शोषणबाट आफ्नो मुक्तिको सवाल नै हो। आजको अवस्थामा श्रमिकका मुक्ति संघर्षको यस पक्षलाई सबैको साझा मुद्दा बनाउन र त्यसका लागि यावत् श्रमिक वर्गलाई संगठित गर्ने आधारको खोजी गर्नु कम्युनिष्ट तथा श्रमजीवी वर्गको साझा मुद्दा हो। आजको अवस्थामा शोषण विरुद्धका आजको अवस्थामा श्रमिकका मुक्ति संघर्षको यस पक्षलाई सबैको साझा मुद्दा बनाउन र त्यसका लागि यावत् श्रमिक वर्गलाई संगठित गर्ने आधारको खोजी गर्नु कम्युनिष्ट तथा श्रमजीवी वर्गको साझा मुद्दा हो। आजको अवस्थामा शोषण विरुद्धका यस संघर्षको रूप र नारा विकसित साम्राज्यवादी मुलुक, मध्यम स्तरका पूँजीवादी मुलुक, विकासोन्मुख र अल्पविकसित मुलुक आदिमा भित्र-भित्र हुने छ र यो त्यस देशको अवस्था, जस्तै देश विशेषको ऐतिहासिक विकासको स्तर तथा श्रमजीवी जनताको संख्यात्मक तथा संगठनात्मक अवस्था, राजनैतिक र वैचारिक चेतनाको स्तर तथा मार्क्सवादी सिद्धान्तप्रति सामाजिक सचेतनाको स्तर र समाजवादी लक्ष प्रतिको लगावमा निर्भर गर्ने छ। तर नवउपनिवेशवाद तथा नवउदारवाद विरुद्ध आफ्नो सार्वभौमिकता, स्वतन्त्रता, आत्मनिर्णयको अधिकारको लागि साम्राज्यवाद विरुद्ध साझा मोर्चा सबैको साझा सवाल हो र यसका विरुद्ध संयुक्त संघर्ष र पारस्परिक सहयोग आजका श्रमजीवी आन्दोलनको लागि अन्तर्राष्ट्रियतावादको प्रमुख पक्ष हो।