दुधमा मिसावट भएको छ कि छैन यसो यसो गर्नुहोस् थाहा हुन्छ सम्पूर्ण कुरा ?

काठमाडाैं । दुध स्वस्थ्य जीवनका लागि निकै उपयोगी हुन्छ । वालबालिका, वृद्ध र युवायुवतीहरुला‌‌ई दुधको नियमित सेवन गर्दा फाइदा पुग्छ ।

दुधमा क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फस्फोरस, भिटामिन बि १२ जस्ता कैयौं पोषक तत्व दुधमा पाइन्छ, जुन हाम्रो शरीरको लागि नभई नहुने हुन्छन् ।विभिन्न अध्ययनहरुका अनुसार आमरुपमा हामीले हरेक दिन लगभग एक हजार देखि २ हजार एमजी क्याल्सियम लिने गर्दछौं ।

जसमा हामीले पिउने एक गिलास दुधमा लगभग २८५ एमजी क्याल्सियम हुने गर्दछ । नियमित रुपमा दुध पिउने गर्नाले यही क्याल्सियमको करण हड्डी र दाँतलाई बलियो बनाउन सहयोग पुग्दछ । दुधको नियमित सेवनले उमेर बढ्दै जाँदा धेरै हदसम्म हड्डी सम्बन्धि समस्याबाट बच्न सकिन्छ ।

तर त्यसका लागि सुद्ध दुधको पिउन आवश्यक हुन्छ । आजभोलि बजारमा पाइने दुधमा अखाद्यय पदार्थ, धेलो दुध, पाउडर लगायतका पदार्थ मिसिएको पाउन सकिन्छ ।

त्यसैलै सबैको भान्सामा पुग्ने दुध कत्तिको शुद्ध छ भनेर जान्नु उपयुक्त हुन्छ । यसका लागि प्राविधिक परीक्षण आवश्यक हुन्छ तर सामान्यरुपमा आफैंले पनि दूधको जाँच गर्न सकिन्छ । त्यसका लागि केही विधि यहाँ उल्लेख गरिएको छ ।

सुँघेरः सुँघेर पनि दूधको शुद्धता थाहा पाउन सकिन्छ । दूधमा साबुनको जस्तो गन्ध आएको छ भने त्यो सेन्थेटिक दूध हो भन्ने कुरामा थप जाँच गरिरहन आवश्यक छैन ।

चाखेरः थोरै काँचो दूधलाई हत्केलामा लिएर केही बेर रगडी जिब्रोमा लगाउने । यसरी लगाउँदा सक्कली दूध हो भने हलुका मिठास आउँछ ।

हत्केलामा रगडेरः नक्कली दूध हत्केलामा रगड्दा अलिअलि चिप्लोपन महसुस हुन्छ । दूध सक्कली छ भने त्यस्तो किसिमको चिप्लोपन थाहा हुँदैन ।

 

फिँजअनुसारः कतिपय अवस्थामा लुगा धुने सर्फबाट पनि नक्कली दूध बनाएका हुनसक्छन् । एउटा सिसाको पारदर्शी सिसीमा अलिकति दूध राखेर केही बेर हल्लाउँदा त्यसमा धेरै नै फिँज देखियो र त्यो निकै बेरसम्म रहिरह्यो भने पनि उक्त दूध नक्कली हो र त्यसमा वासिङ पाउडर मिसाइएको रहेछ भन्ने थाहा हुन्छ ।