शनिबारकाे विदा यसरी गर्नुगोस् सदुपयोग गर्ने मिल्ने छ दीर्घकालीन लाभ

नवीन पोख्रेल/काठमाडौं। विश्वका कतिपय मुलूकमा शनिबार र आइतबार २ दिने सार्वजनिक विदा हुने भए पनि नेपालमा शनिबार मात्र विदा दिने प्रचलन छ। हप्ताभरिका कामको व्यवस्थापन र रिफ्रेसमेन्टका लागि शनिबार विदा दिने गरे पनि नेपालीहरुले शनिबारको खासै सदुपयोग गर्न सकेको देखिँदैन।

प्रायः नेपालीहरुको शनिबार कि त घुमफिरमा बित्छ, कि फजुल खर्च र भेटघाटमा। नेपालीहरुले शनिबारको महत्व हप्ताभरिका खप्टिएका काम फत्ते गर्ने अर्थमा बुझ्ने गरेका छन्, जसले शनिबारको खास सदुपयोग हुँदैन। हामीले यहाँ शनिबारको दिन कसरी बिताउने, कसरी सदुपयोग गर्ने भन्नेबारे केही टिप्स् उल्लेख गरेका छौं।

१. गाउँघरमा शनिबारको दिनलाई सरसफाइ गर्ने दिनका रुपमा लिने गरिन्छ। बच्चाहरुलाई नुहाउने, कपडा धोइदिने र घर सरसफाइ गर्ने दिनका रुपमा शनिबारलाई लिने नेपालीहरु प्रशस्त छन्। तर, आजको आधुनिक युगमा कोही पनि मानिस नुहाउनलाई हप्ताभरि कुर्दैन। प्रायः नेपालीहरु दैनिक वा एक दिन बिराएर नुहाइधुहाइ गर्छन्, त्यसैले शनिबारलाई सरसफाइकै लागि मात्र सीमित गर्नु हुँदैन।

२. शनिबारको दिनमा घरको मूख्य सरसफाइ गर्न सकिन्छ। तर, त्यसका लागि दिनभरिको समय लाग्दैन। बिहानको समय सरसफाइलाई दिएर दिनभरि अरु कामको योजना बनाउन सकिन्छ। त्यसो गर्दा समयको मात्र बचत हुँदैन, दिनभरि फ्रेस मुड पनि हुन्छ, जसले तपाईको हरेक योजना स्फूर्तिका साथ सम्पन्न गर्न सघाउ पुग्छ।

३. शहरको मध्यमवर्ग शनिबार सबैभन्दा बढी व्यस्त देखिन्छ। शनिबार सबैको विदा हुने भएकाले बैठक, कार्यक्रम, कार्यशाला जस्ता औपचारिक समारोह बढी आयोजना गरिन्छन्। यसरी मध्यम वर्ग शनिबार बिहानदेखि साँझसम्म दर्जनौं औपचारिक समारोहमा अभ्यस्त हुन थालेको छ। जुन राम्रो कुरा होइन। शनिबार छरितो एउटा औपचारिक कार्यक्रममा सहभागी हुँदा राम्रै हुन्छ। तर, बिहानदेखि बेलुकासम्म औपचारिक कार्यक्रमको चाङमा अल्झिदा रिफ्रेसमेन्ट मिल्दैन।

४. शनिबार सुतेरै बिताउने युवा पुस्ताको कमि छैन, जुन बिल्कुलै गलत कुरा हो। दिनभरि बिस्तारामा सुतेर आराम गरेको आभाष मिल्दैन। बरु, त्यसले शारीरिक र मानसिक बोझको अनुभूति दिन्छ। त्यसैले भुलेर पनि शनिबारको दिनलाई बिस्तारामा सुतेर बिताउनु अत्यन्तै हानिकारक हो। बरु, त्यसको सट्टा घुमफिर र भेटघाटका लागि तालिका बनाउनु राम्रो हुन्छ।

५. यदि तपाई बच्चाको अभिभावक हुनुहुन्छ भने शनिबारको दिन उनीहरुका लागि दिनु राम्रो हुन्छ। अभिभावकले शनिबारलाई ३ सिफ्टमा विभाजन गर्न सकिन्छ। बिहान सरसफाइ, दिउँसो बच्चाहरुसँग घुमफिर र साँझ बच्चाहरुसँग भलाकुसारी। यसले तपाईका बच्चालाई शारीरिक र मानसिक रुपमा स्फूर्ति त मिल्छ नै, यसका अलावमा अभिभावक र सन्ततिबीचको सम्बन्ध थप आत्मीय पनि बन्छ। यसले बच्चाहरुलाई सामाजिक पनि बनाउँछ।

६. शनिबारका लागि तपाईले कुनै महत्वपूर्ण पुस्तक छनोट गर्न सक्नुहुनेछ। जुन पुस्तक तपाईले भीडभाडमा पढ्दा त्यसको खास गहिराइ पत्ता लगाउन सक्नुहुन्न, त्यस्ता पुस्तक शनिबारका लागि राख्नुस्। एकान्तमा पुस्तक पढ्नुस् र ज्ञानको गहिराइमा पुग्नुस्। तर, दिनभर लगातार पुस्तक पढ्ने गल्ती नगर्नुस्, त्यसले तपाईलाई बोझ थपिदिन्छ।

७. शनिबार दिउँसो घुमफिरका लागि निस्कनुहोस्। तर, घुमफिर

शनिबारकाे विदा कसरी सदुपयोग गर्ने ? (२१ टिप्स्)

holiday
0
Shares

 लाेकपाटी न्यूजनवीन पोख्रेल/काठमाडौं। विश्वका कतिपय मुलूकमा शनिबार र आइतबार २ दिने सार्वजनिक विदा हुने भए पनि नेपालमा शनिबार मात्र विदा दिने प्रचलन छ। हप्ताभरिका कामको व्यवस्थापन र रिफ्रेसमेन्टका लागि शनिबार विदा दिने गरे पनि नेपालीहरुले शनिबारको खासै सदुपयोग गर्न सकेको देखिँदैन।

प्रायः नेपालीहरुको शनिबार कि त घुमफिरमा बित्छ, कि फजुल खर्च र भेटघाटमा। नेपालीहरुले शनिबारको महत्व हप्ताभरिका खप्टिएका काम फत्ते गर्ने अर्थमा बुझ्ने गरेका छन्, जसले शनिबारको खास सदुपयोग हुँदैन। हामीले यहाँ शनिबारको दिन कसरी बिताउने, कसरी सदुपयोग गर्ने भन्नेबारे केही टिप्स् उल्लेख गरेका छौं।

१. गाउँघरमा शनिबारको दिनलाई सरसफाइ गर्ने दिनका रुपमा लिने गरिन्छ। बच्चाहरुलाई नुहाउने, कपडा धोइदिने र घर सरसफाइ गर्ने दिनका रुपमा शनिबारलाई लिने नेपालीहरु प्रशस्त छन्। तर, आजको आधुनिक युगमा कोही पनि मानिस नुहाउनलाई हप्ताभरि कुर्दैन। प्रायः नेपालीहरु दैनिक वा एक दिन बिराएर नुहाइधुहाइ गर्छन्, त्यसैले शनिबारलाई सरसफाइकै लागि मात्र सीमित गर्नु हुँदैन।

२. शनिबारको दिनमा घरको मूख्य सरसफाइ गर्न सकिन्छ। तर, त्यसका लागि दिनभरिको समय लाग्दैन। बिहानको समय सरसफाइलाई दिएर दिनभरि अरु कामको योजना बनाउन सकिन्छ। त्यसो गर्दा समयको मात्र बचत हुँदैन, दिनभरि फ्रेस मुड पनि हुन्छ, जसले तपाईको हरेक योजना स्फूर्तिका साथ सम्पन्न गर्न सघाउ पुग्छ।

३. शहरको मध्यमवर्ग शनिबार सबैभन्दा बढी व्यस्त देखिन्छ। शनिबार सबैको विदा हुने भएकाले बैठक, कार्यक्रम, कार्यशाला जस्ता औपचारिक समारोह बढी आयोजना गरिन्छन्। यसरी मध्यम वर्ग शनिबार बिहानदेखि साँझसम्म दर्जनौं औपचारिक समारोहमा अभ्यस्त हुन थालेको छ। जुन राम्रो कुरा होइन। शनिबार छरितो एउटा औपचारिक कार्यक्रममा सहभागी हुँदा राम्रै हुन्छ। तर, बिहानदेखि बेलुकासम्म औपचारिक कार्यक्रमको चाङमा अल्झिदा रिफ्रेसमेन्ट मिल्दैन।

४. शनिबार सुतेरै बिताउने युवा पुस्ताको कमि छैन, जुन बिल्कुलै गलत कुरा हो। दिनभरि बिस्तारामा सुतेर आराम गरेको आभाष मिल्दैन। बरु, त्यसले शारीरिक र मानसिक बोझको अनुभूति दिन्छ। त्यसैले भुलेर पनि शनिबारको दिनलाई बिस्तारामा सुतेर बिताउनु अत्यन्तै हानिकारक हो। बरु, त्यसको सट्टा घुमफिर र भेटघाटका लागि तालिका बनाउनु राम्रो हुन्छ।

५. यदि तपाई बच्चाको अभिभावक हुनुहुन्छ भने शनिबारको दिन उनीहरुका लागि दिनु राम्रो हुन्छ। अभिभावकले शनिबारलाई ३ सिफ्टमा विभाजन गर्न सकिन्छ। बिहान सरसफाइ, दिउँसो बच्चाहरुसँग घुमफिर र साँझ बच्चाहरुसँग भलाकुसारी। यसले तपाईका बच्चालाई शारीरिक र मानसिक रुपमा स्फूर्ति त मिल्छ नै, यसका अलावमा अभिभावक र सन्ततिबीचको सम्बन्ध थप आत्मीय पनि बन्छ। यसले बच्चाहरुलाई सामाजिक पनि बनाउँछ।

६. शनिबारका लागि तपाईले कुनै महत्वपूर्ण पुस्तक छनोट गर्न सक्नुहुनेछ। जुन पुस्तक तपाईले भीडभाडमा पढ्दा त्यसको खास गहिराइ पत्ता लगाउन सक्नुहुन्न, त्यस्ता पुस्तक शनिबारका लागि राख्नुस्। एकान्तमा पुस्तक पढ्नुस् र ज्ञानको गहिराइमा पुग्नुस्। तर, दिनभर लगातार पुस्तक पढ्ने गल्ती नगर्नुस्, त्यसले तपाईलाई बोझ थपिदिन्छ।

७. शनिबार दिउँसो घुमफिरका लागि निस्कनुहोस्। तर, घुमफिर गर्दा चाहेजति ठाउँ एकै दिन सक्ने योजना नबनाउनुस्। घुम्न चाहेको ठाउँ राम्रोसँग घुम्नुस्, त्यसको गहिराइमा पुगेर अनुभूति लिनुस्। हतार–हतार सबै ठाउँ एकै दिन घुम्दा यात्राबाट लिन सकिने आनन्द र अनुभूति दुवै नमिल्न सक्छ। कतिपय घुमफिरबाट प्रशस्त ज्ञान लिन सकिन्छ, त्यस्ता ठाउँमा घुमफिर गर्दा महत्वपूर्ण कुराहरु नोट गर्नुस्।

८. शनिबारको दिन सामाजिक कार्य गर्दा मनमा प्रफुल्लता मात्रै आउँदैन, सामाजिक सुधारको कामले पनि गति लिन्छ। टोल वा सडक सरसफाइ, श्रमदान, कुनै सामाजिक निर्माणको काम, समाज सुधार सम्बन्धि बैठक पनि तपाईको शनिबारको कार्यसूचि हुन सक्दछ। त्यसका लागि मिलेसम्म समय दिनुस्। तर, दिनभरि नै भने होइन।

९. शनिबार खेलकूद र मनोरञ्जनका लागि दिन सकिन्छ। बिहानको समय मन मिल्ने साथीहरुसँग एन्डोर र आइटडोर खेलहरु खेल्न सकिन्छ। यसले शारीरिक स्फूर्तिका साथै मित्रतालाई प्रगाढ बनाउँछ। बेलुकातिर मनपर्ने फिल्म वा डकुमेन्ट्रीका लागि समय दिन सकिन्छ।

१०. शनिबारको दिन आफ्ना आफन्तलाई सम्झनुहोस्। दैनिक भेटघाटभन्दा टाढा रहेका दिदीबहिनी, दाजुभाइ, अभिभावक र साथीहरुलाई फोन, म्यासेज गर्नुस्। आजकल भिडियो कलको जमाना छ, मिलेसम्म भिडियो कलमार्फत् आफ्नो वर्तमानबारे जानकारी दिनुस् र उनीहरुको वर्तमानको जानकारी लिनुस्। साथीभाइसँग बाल्यकालको स्मरण गर्नुस्, त्यस्ता महत्वपूर्ण घटना सम्झनुस् र रमाउनुस्।

११. शनिबारको दिन साथीभाइ र आफन्तलाई जुटाएर मीठामीठा परिकार बनाउनुस्, सुखदुखका कुरा गर्नुस्। यसले तपाईको आत्मीयता बलियो बनाउनुका साथै अप्ठ्यारोमा सहयोगका लागि बलियो आधार पनि दिन्छ। यही जमघटलाई सामूहिक घुमफिरमा बदल्दा झन् राम्रो हुन्छ।

१२. तपाई कुनै अप्ठ्यारोमा हुनुहुन्छ, हामीले चाहेको कुनै काम गर्न सक्नुभएको छैन भने त्यसका लागि शनिबारलाई सदुपयोग गर्नुस्। कुनै विषयमा अल्झिनुभएको छ भने पुस्तक, साथीभाइ र विज्ञको सहारामा गाँठो फुकाउने कोशिस गर्नुस्। अल्झिएको कामको समाधान निस्किँदा पनि तपाईको मनमा असीम आनन्दको अनुभूति हुन्छ।

१३. आफ्नो कामको समीक्षा गर्नुस्। हप्ताभरि गरिएका कामहरु के–के राम्रा भए, के–के गल्ती भए त्यसको समीक्षा गर्नुस्। फुर्सद मिल्छ भने हप्ताभरिका गतिविधिको समीक्षात्मक डायरी लेख्नुस्। त्यसले तपाई आफैलाई परिस्कृत हुन र गरिएका कामहरुको अभिलेख राख्न पनि मद्दत मिल्छ।

१४. धार्मिक आस्था राख्नेहरुका लागि शक्तिपीठ वा मठमन्दिरको दर्शन र पूजाअर्चना पनि महत्वपूर्ण हुन्छ। शनिबारको दिन आफूले जान चाहेको मन्दिर, गुम्वा, चर्च वा शक्तिपीठमा गएर पूजाअर्चना गर्नुस्, आत्म शान्ति र चित्त प्रशन्नताको अनुभूति गर्नुस्। त्यस्ता मन्दिर वा शक्तिपीठबारे आवश्यक जानकारी लिनुस्।

१५. करेसाबारीको काम, गार्डेनको काम पनि शनिबारको कार्यसूचिभित्र राख्न सकिन्छ। त्यसले तपाईलाई प्रकृतिमैत्री मात्रै बनाउँदैन, अर्गानिक तरकारी पनि दिन्छ। करेसाबारीमा रमाउँदा बाल्यकालको स्मरण गर्नुस्, परिवारका सदस्यसँग ती दिनहरुको अनुभव साट्नुस्, जुन तपाईले बाल्यकालमा अनुभव गर्नुभएको छ।

१६. हामीले अरुले गरेका काम मात्रै गर्नुपर्छ भन्ने छैन। कसैले नगरेका नयाँ कामको सिर्जना पनि हामी आफै गर्न सक्छौं। साहित्य, सङ्गीत, खोज अनुसन्धानका लागि पनि शनिबारको दिनलाई उपयोग गर्न सकिन्छ। आफ्ना रुचिका काम र क्षेत्रलाई प्राथमिकतामा राख्नुस् र काम गर्नुस्। यसले तपाईको अन्तरमनमा सकारात्मक उर्जा दिन्छ।

१७. तपाई प्रेममा हुनुहुन्छ भने शनिबार डेटिङ जान पनि सक्नुहुन्छ। तर, डेटिङको समय व्यर्थमा खर्च नगर्नुस्, उक्त समयमा भविष्यको योजना बनाउनुस्, एक–अर्काका गुण र विशेषता चिन्ने कोशिस गर्नुस्। आफूले आफ्नै समीक्षा गर्नुस्। तर, डेटिङमा आउनसक्ने समस्या र जोखिमहरुबारे सचेत हुनुहोस्। डेटिङलाई फजुल गफ गर्ने थलो वा अनैतिक कामका लागि खर्च नगर्नुस्।

१८. शहरको भीडभाड र कोलाहालमा हुनुहुन्छ भने शनिबार एकान्तमा बिताउनुस्। कुनै जङ्गल, फूलबारी वा बगैंचामा जानुस्, कुराकानी गर्नुस्। कुनै उपयोगी र साहित्य सम्बन्धि पुस्तक पढ्नुस्। तर, त्यसो गर्दा जङ्गली जनावर वा अरु कुनै विपत्तिबारे पूर्वजानकारी राख्नुस् र सचेतता अपनाउनुस्।

१९. महिनाभरिका शनिबारलाई एउटा प्याकेज बनाएर पनि काम गर्न सकिन्छ। त्यसो गर्दा महिनाको पहिलो, दोस्रो, तेस्रो र चौंथो शनिबारका दिन गर्ने कुराको सूचि बनाउनुस्। चाहेका सबै काम एउटै शनिबार गर्न सकिँदैन। त्यस्तो अवस्थामा कामलाई ३/४ सिफ्टमा बाँडेर महिनाभरिमा गर्न सकिन्छ।

२०. शनिबार शारीरिक स्वास्थ्यका लागि बिताउनुस्। शनिबारका दिन योगा, व्यायाम, साइकिलिङ, र्‍याफ्टिङ लगायतका काममा रमाउन सक्नुहुन्छ। यसले तपाईको शरीरलाई स्फूर्ति मिल्छ।

२१. आफ्ना बच्चाहरुको पढाइको अवस्था, उनीहरुले गरेका अनुभूति र कठिनाइहरुबारे जानकारी लिन पनि शनिबारको सदुपयोग गर्न सकिन्छ। बच्चाहरुको गृहकार्यमा सघाउनुस्। कुनै अप्ठ्यारो विषयमा समाधान खोजिदिनुस्। यो तपाईको नियमित कर्तव्य भए पनि शनिबार गर्दा समय र सहजता दुवै हुन्छ।