माओवादी केन्द्र पालुङ्गटारको अध्यक्षमा विवस चिन्तन `अजय´ निर्वाचित

गोरखा, ३ चैत । माओवादी केन्द्र पालुङ्गटारको अध्यक्षमा विवस चिन्तन `अजय´ निर्वाचित भएका छन् । आज भएको निर्वाचनबाट अजय अध्यक्षमा निर्वचित भएका हुन् ।

अध्यक्षमा विवस चिन्तन `अजय´ र मदन देवकोटाविच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष निर्वाचित अजयले ३२ मत प्राप्त गरे भने देवकोटाले २२ प्राप्त गरेका छन् । ६१ जना मतदाता रहे पनि निर्वाचनमा जम्मा ५४ मत खसेकोमा अन्य मत बदर भएको निर्वाचन समितीले बताएको छ ।

अध्यक्षमा चार जनाको उमेद्वारी रहे पनि विकास वाग्ले र दुर्गालाल श्रेष्ठले मदन देवकोटालाई सम्मर्थन गर्दै उम्मेद्बारी फिर्ता लिएका थिए । त्यसैगरि उपाध्यक्षमा सुमन आचार्य, सर्मिला बगाले र रिखिराज धैारालि, सचिवमा शंकर राज कडेल, सह-सचिवमा बुद्धि बहादुर गुरुङ र केाषाध्यक्षमा बिकास भट्टराई निर्वाचित भएका हुन् ।

६१ सदस्यीय नगर समिति यस अघिनै घोषणा भए पनि लामो समयदेखि पदाधिकारी चयन हुन सकेको थिएन। संगठन भित्रको आन्तरिक विवादको कारण लामो समयदेखि पदाधिकारी चयन हुन सकेको थिएन ।