‘गाई’ माग्न कमल थापा अदालत जाने तयारी

काठमाडौं। राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ। कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले  हालै निर्वाचन आयोगबाट तीर चिन्ह पाएको थियो। राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो।

तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाका अनुसार आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए।

राप्रपाका महामन्त्री बर्तौलाले भने ‘पार्टी एकता गरेपछि हामीले गाई चिन्ह छोडेर हलो चिन्ह लिएपछि गाई चिन्ह फ्रिज थियो। अहिले बनेको हाम्रो पार्टीका लागि गाई चिन्ह माग्दा आयोगले दिएन। हामी त्यसविरुद्ध अदालत जाने तयारी गरिरहेका छौँ।’