जिन्दगीमा पढ्नै पढ्ने पुस्तकहरु नाम सहित

यी सबै पाठक बढिरहेको प्रमाण हो । यद्यपि यसको अर्को पाटो पनि छ । अहिले चर्चामा रहेका धेरै पुस्तक साहित्य र ज्ञानका दृष्टिले कमजोर मानिन्छन् । पठन संस्कृतिलाई अघि बढाउन रुचिकर मात्र होइन, ज्ञानवद्र्धक पुस्तक पढ्ने संस्कार पनि बढ्नुपर्छ ।

पूराना कृतिहरूमध्ये विश्वविद्यालयका पाठ्यक्रममा परेका पुस्तक मात्र पढ्ने पाठकहरूको संख्या धेरै छ । पाठ्यक्रममा नपरेका कतिपय पुस्तक राम्रा भएर पनि ओझेलमा परेका छन् ।

विशेष गरी पूराना पढ्नैपर्ने पुस्तकसम्बन्धी जानकारी कतिपय पाठकलाई छैन । नेपाली वर्तमान उपन्यास लेखन शैलीमा पनि बिस्तारै परिवर्तन हुँदै आएको छ । यसरी विभिन्न कालखण्डमा मूल्याङ्कन हुँदै आएका केही उपन्यासहरु यस्ता छन् । सरल भाषामा लेखिएका यस्ता उपन्यास पाठकले एकपटक अध्ययन गर्नैपर्ने देखिन्छ ।

१. ‘लभ इन द टाइम अफ कोलेरा’

गार्बियल गार्सिया मार्खेजद्धारा लिखित यो उपन्यास प्रेमकथामा आधारीत उपन्यास हो । संसारमा सबैभन्दा बढी प्रेम कथाहरू लेखिन्छन् । तर, यस पुस्तकले प्रेमकथा कसरी लेख्नुपर्छ भन्ने सिकाउँछ ।

२. ‘अ हाउस फर मिस्टर विश्वास’

भीएस नयपालद्धारा रचित यो उपन्यास हास्यरसले भरिपूर्ण छ । यो एकदमै मनोरञ्जनात्मक उपन्यास मानिन्छ । पात्रले साइनबोर्ड लेख्दा अक्षरको खुट्टो कस्तो बनाउँथ्यो भन्नेसम्मको वर्णन गर्न नयपाल नै चाहिन्छ भनिएको छ ।

३. ‘द गुड अर्थ्’

पर्ल एस बकद्धारा रचित यस उपन्यासमा एउटा किसानको सङ्घर्षको कथा प्रस्तुत गरिएको छ । यसले किसानप्रति सद्भाव जगाउँछ र सङ्घर्ष गर्ने प्रेरणा दिन्छ ।

४. ‘राग दरबारी’

श्रीलाल शुक्ल हाँस्य र व्यङ्गले भरिएको अद्भूत लेखनमा पोख्त मानिन्छन् । यो उपन्यास हिन्दी उपन्यास लेखनको उच्च नमूना मानिन्छ । यसलाई लेखक आफंैले पनि अर्को लेखनीद्वारा जित्न सकेनन् ।

५. ‘कुरुकुरु स्वाहा

भारतीय साहित्यकार मनोहरश्याम जोशीद्धारा रचित कुरुकुरु स्वाहा पनि उत्कृष्ट रचना हो । यसमा चामत्कारिक भाषाको प्रयोग र वर्णन गरिएको पाइन्छ । यो विशुद्ध मनोरञ्जनात्मक कृति हो । हाँस्यरसले ओतप्रोत यस उपन्यासले हिन्दी साहित्यको एक अद्भूत रचना प्रस्तुत गरेको छ ।

६. ‘काफ्का अन द सोर’

हारुकी मुराकामी काफ्का अन द सोरले लेखेका हुन् । यस उपन्यासमार्फत् उनले आधुनिक लेखनीको नमूना प्रस्तुत गरेका छन् । महिला सौन्दर्यलाई विषयवस्तु बनाएर यस उपन्यासको रचना गरिएको छ । कविहरू कुनै युवतीलाई सम्झनुपर्दा केश, आँखा, ओठको वर्णन पाइन्छ । यो उपन्यास स्च्छन्दतावादी उपन्यास हो ।

७. ‘स्नो’

ओरहान पामुक वर्णनात्मक शैलीका साहित्यकार हुन् । ‘स्नो’ उपन्यासलाई वर्णनात्मक लेखनीको उच्च नमुना मानन सकिन्छ ।

८. ‘घामका पाइलाहरु’

नेपाली साहित्यकार धच गोतामेद्धारा रचित घामका पाइलाहरु भाषा र लालित्यले भरिपूर्ण उपन्यास हो । वीरगञ्जमाथि लेखिएको यस उपन्यासमा तराईका विभिन्न पक्षको अध्ययन र विश्लेषण पाइन्छ ।

९. ‘सच अ लङ जर्नी’

रोहिण्टन मिस्त्रीको ‘सच अ लङ जर्नी’ एक पारिवारिक कथामा आधारित उपन्यास हो । यसले एउटा फरक भारतको व्याख्या गर्छ ।

१०. ‘उलार’

नयनराज पाण्डे नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन्, उलार उनको चर्चित उपन्यास हो । शहरको सामान्य टाङ्गाचालक प्रेमललवालाई नायक लिएर पाण्डेले लेखेको उपन्यासले नेपाली समाजको मनोविज्ञान र राजनीतिक चरित्रको चिरफार गरेको छ ।

यसमा टाङ्गा पटाङ्गा प्रयोग गरेका नेतासँग क्षतिपूर्तिको माग गर्न राजधानी छिर्ने प्रेमललवामा अहिले शिक्षा, रोजगारी र सुविधाको क्षतिपूर्ति मागिरहेका आन्दोलनहरूको छायाँ देख्न सकिन्छ । लेखकको सफलता आञ्चलिक भनिने भाषाको प्रयोग र तिख्खर विम्बहरूका साथ समाजको कठोर चित्रको प्रस्तुतिले सानो उपन्यासलाई ठूलो साहित्यको दर्जामा पुर्याएको छ ।

११. ‘द स्टोरी टेलर’

मारियो भर्गा लोसाले ‘द स्टोरी टेलर’मार्फत् अर्को समुदायका विषयमा कसरी विश्वसनीय ढंगले लेख्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छिन् । यस उपन्यासले पुस्तक लेखनमा अनुसन्धान गर्न सिकाउँछ ।

१२. ‘दी वल्र्ड म्यान एण्ड द सी’

अर्नेस्ट हेमिङ्बको ‘दी वल्र्ड म्यान एण्ड द सी’ले मानिसलाई सङ्घर्ष गर्न पे्ररणा दिन्छ । यो सफलताका सूत्र सिकाउने अहिलेका बजारु किताबभन्दा केही फरक प्रकृतिको छ ।

१३. ‘डिस्ग्रेस’

जे एम कोइजीद्धारा लिखित ‘डिस्ग्रेस’ आत्मसङ्घर्षको उच्चतम नमूना मानिन्छ । उनले दुईपटक बुकर र एकपटक नोबेल पुरस्कार पाएका छन् ।

१४. ‘लाइफ अफ् पाई’

यान मार्टेलको ‘लाइफ अफ् पाई’ काल्पनिक कथाको सङ्गालो मानिन्छ । यसमा बाघ र मानिसको मित्रताको अनौठो कथा प्रस्तुत गरिएको छ ।

१५. ‘एनिमल फार्म’

जर्ज अरवेलले ‘एनिमल फार्म’मार्फत् राजनीतिक व्यङ्ग गरेका छन् । व्यङ्गात्मक शैलीको यो उपन्यास राजनीतिप्रति तिखो व्यङ्ग प्रहार गरेका छन् ।

१६. ‘जाहिर’

ख्यातिप्राप्त लेखक पाउलो कोएलोले जाहिर उपन्यासमा कजाकिस्तानको मरुभूमिबारे अद्भूत वर्णन गरेका छन् । यसको अध्यनले पात्रहरुकोे सोंचसँगै पाठकहरुको पनि सोंच फेरिँदै जान्छ

१७. ‘थिङ्स् फल अ पार्ट’

चिनुवा अचिवेको पुस्तक ‘थिङ्स फल अ पार्ट’मा आफूमाथि भएको हस्तक्षेपको विरोध कसरी गर्नुपर्छ भन्ने कुरा सिकाएको छ । यसले आफ्नो देशलाई माया गर्न पनि सिकाउँछ ।

 

१९. ‘द बुक थिफ’

मार्कस जुसकद्धारा लिखित ‘द बुक थिफ’मा पुस्तकसितको प्रेममा परेकी एक किशोरीको कथा प्रस्तुत गरिएको छ । यसले मानिसलाई पुस्तक पढ्न प्रेरित गर्दछ ।

२०. ‘बाबु, आमा र छोरा’

साहित्यकार बिपी कोइरालाले यस उपन्यासमार्फत् व्यक्तिका दमित ईच्छा, भावना एवं मनाद्वेगहरूलाई स्वतन्त्र आत्म निर्णय गर्न दिइनुपर्छ भन्ने सन्देश दिएका छन् । उनी मनोवैज्ञानिक साहित्यकार हुन् । एकोहोरो, एकै तरीकाले कथा भनिरहेको समयमा कोइरालाले आकर्षक कथा वाचन शैलीको निर्माण गरेका थिए ।

२१. ‘कट्टेल सरको चोटपटक’

चर्चित आख्यानकार डा. धु्रवचन्द्र गौतमको कट्टेल सरको चोटपटक उत्कृष्ट कृति मानिन्छ । यसमा कोलाहल, व्यस्तता र भीडभाडबीच पनि काठमाडौंमा एकान्त बस्तीहरूको कथा प्रस्तुत गरिएको छ । उपन्यासमा सामान्य कुरालाई पनि गहन रुपमा चित्रण गरिएको छ ।

२२. ‘सर्पदंश’

तारणीप्रसाद कोइरालाको सर्पदंश बाल यौन मनोविश्लेषणमा आधारित एउटै मात्र नेपाली उपन्यास मानिन्छ । यो मनोरञ्जन दिने उपन्यास नभई अभिभावकले बच्चाको मनोवैज्ञानिक विकासको बारेमा थाहा पाउनुपर्ने विषयको उपन्यास हो ।

बालशुलभतालाई कोइरालाले अत्यन्त बोल्ड शैलीमा लेखेका छन् । सर्पदंश उपन्यासलाई बाल मनोविज्ञानको उच्चतम नमूना मानिन्छ ।