‘द कश्मीर फइल्स’ फिल्मले कमायो ५ दिनमा ५० करोड

एजेन्सी। बलिउड फिल्म ‘द कश्मीर फइल्स’ ले बक्स अफिसमा राम्रो कमाई गरेको छ। यो फिल्मले रिलिज भएको चौँथो दिन ४२ करोड भारतीय रुपैयाँ कमाई गरेको थियो भने पाँचौँ दिन ५० करोड भारतीय रुपैयाँ कमाई गरेको छ।

निर्देशक विवेक अग्निहोत्रीको निर्देशनमा बनेको यो फिल्म ११ मार्च देखि सिनेमा हलमा प्रदर्शन भएको थियो। पहिलो दिनमा नै फिल्मले ३ करोड ५५ लाख भारतीय रुपैयाँ कमाई गरेको थियो। थेरै लगानीमा बनेको यस फिल्मले फिल्म चल्नकालागि फिल्मको कथाबस्तु राम्रो हुनुपर्ने कुरालाई प्रमाणित गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

निर्देशक अग्निहोत्रीले फिल्ममा कश्मीरी पण्डितहरूमाथि भएको अत्याचारलाई राम्रोसँग देखाएका छन्। फिल्ममा अनुपम खेर, दर्शन कुमार, मिथुन चक्रवर्ती, पल्लवी जोशी जस्ता कलाकारहरू मुख्य भुमिकामा देखिएका छन्। दर्शक र अन्य कलाकारहरूले पनि फिल्मको खुबै प्रशंसा गरेका छन्। यो फिल्मलाई भारतका धेरै राज्यमा करमुक्त गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छन्।