यो दुई महिना आक्रामक रुपमा सेना भएर निस्कने हो भने चुनाव जितिन्छ : प्रचण्ड

काठमाडौं २ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु २०६४ को चुनावमा आक्रामक भएकै कारण जितेको बताएका छन् ।

बुधबार काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रचण्डले आफुहरु आक्रामक हुँदा मात्र चुनाव जित्ने भन्दै रक्षात्मक मात्र भएर नहुने बताएका हुन् ।

साथै, प्रचण्डले दुई पार्टी मात्र गराउने षडयन्त्र गर्ने प्रतिक्रियावादीहरुको निशाना अहिले माओवादी भएको पनि बताएका छन् । अबको दूई महिना आफुहरु सेना भएर निस्किए जितिने प्रचण्डको दावी रहेको छ ।

गटबन्धनमा देलान र खाउँला भन्ने मानसिकता त्याग्न समेत आफ्ना नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।