त्यसपछि चम्कियो आलिया भट्ट र विक्की कौशलको भाग्य…

काठमाडौं, २६ फागुन – अभिनेत्री आलिया भट्ट हालका दिनमा फिल्म ‘गंगूबाई काठियावाडी’लाई लिएर चर्चामा छिन् । यो फिल्मले बक्सअफिसमा सय करोड बढी कलेक्सन गरिसकेको छ । यसअघि अभिनेत्री दीपिका पादुकोणसम्मका फिल्मले बक्सअफिसमा सय करोडको स्वाद चाखिसकेका छन् ।

सञ्जय लिला भन्साली निर्देशित फिल्मले हालसम्म एक सय १८ करोड बढी कलेक्सनमै भारतमै गरिसकेको छ । यसअघि नै फिल्मले विश्वव्यापी रुपमै सय करोडको आँकडा छोइसकेको छ ।

सन् २०१७ मा रिलिज सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘पद्मावत’ले बलिउडमा धमाकेदार कमाई गरेको थियो । अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्मले बक्सअफिसमा ३ सय २ करोडको कारोबार गरेको थियो ।

विद्या वालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, नित्या मेनन र कीर्ति कुल्हाडी अभिनित फिल्म ‘मिसन मंगल’ले बक्सअफिसमा दुई सय २ करोडको कमाई गरेको थियो । अक्षय कुमार अभिनित फिल्मले ६ महिला वैज्ञानिकको कथा समेटेको छ ।

अभिनेत्री कंगना रनावत र अभिनेता माधवन स्टारर फिल्म ‘तनु वेड्स मनु २’ ले अघिल्लो संस्करण जस्तै बक्सअफिसमा धमाकेदार कमाई गरेको थियो । ‘तनु वेड्स मनु’ले बक्सअफिस १ स्य ५० करोडको कलेक्सन गरेको थियो ।

अभिनेत्री श्रद्धा कपुर स्टारर हरर कमेडी फिल्म ‘स्त्री’ बक्सअफिसमा सुपरडुपर हिट भएको थियो । फिल्मले बक्सअफिसमा १ सय ३० करोडको कमाई गरेको थियो ।

अभिनेत्री आलिया भट्ट र अभिनेता विक्की कौशल स्टारर निर्देशक मेघना गुलजारको फिल्म ‘राजी’ सन् २०१८ मा रिलिज भएको थियो । फिल्मले बक्सअफिसमा १ सय २३ करोड रुपैंयाँ कलेक्सन गरेको थियो ।