एमालेको बलियो खम्बा ढल्यो, यी शक्तिशाली केन्द्रीय नेता माओवादीमा प्रवेश !

कैलाली

एमालेबाट निर्वाचित भएर एकीकृत समाजवादीमा सनाखत गरेकी उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले एकीकृत समाजवादी छोडेर माओवादी प्रवेश गरेकी हुन् ।

सोमबार उनलाई धनगढीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

मोहन्याल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै एमालेबाट निर्वाचित भएका थिए । अध्यक्ष नवलसिंह रावलको निधन भएपछि उपाध्यक्ष बुढामगरले गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्

एकीकृत समाजवादीमा मन्त्रीहरूको चर्को आलोचना

गत फागुन २४ र २५ गते काठमाडौंमा सम्पन्न नेकपा ९एकीकृत समाजवादी०को तेस्रो केन्द्रीय कमिटीको बैठक १५बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । उक्त बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको ध्यान केन्द्रित गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको गठबन्धन कायम गर्दै जानुपर्नेमा जोड दिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले ‘आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई हामीले त्यसैरुपमा उपयोग गर्नुपर्छ, यो निर्वाचन हाम्रो पार्टी जीवनका लागि एउटा महत्वपूर्ण परिघटना हो’, भनेका छद्धन् ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै, ‘यसमा हामीले प्राप्त गर्ने सफलताले एकातर्फ हाम्रो राजनीतिक हैसियत निर्धारण गर्नेछ भने अर्कोतर्फ हाम्रो भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्नेछ’ भने ।

प्रतिवेदनमा नेपालले हालको सत्ता गठबन्धन र सहकार्यलाई आगामी स्थानीय तहको निर्वाचनसम्म मात्र होइन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले स्थानीय तहमा उम्मेदवार बनाउँदा पार्टीमा लामो समयदेखि योगदान पुर्याएका र स्वच्छ छवि भएका इमान्दार कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने कुरा उठाएका छन् ।

बैठकमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल गर्न नौवटा समूह बनाइएको थियो । उक्त समूहमा सहभागी प्रतिनिधिहरूले भ्रष्ट, बिचौलिया र खराब आचरण भएका नेता, कार्यकर्तालाई उम्मेदवार बनाउन नहुने सुझाव दिएका थिए ।

त्यसैगरी नौवटै समूहमा मन्त्रीहरूको व्यापक आलोचना भएको थियो । एकीकृत समाजवादी पार्टीबाट संघीय सरकारमा सामेल भएका मन्त्रीहरूले भ्रष्ट, नैतिकहीन र गैरकम्युनिष्ट चरित्रका व्यक्तिलाई नियुक्ति गरिएको बारेमा व्यापक विरोध भएको थियो ।

पर्यटन विभाग प्रमुख राजेन्द्रमान श्रेष्ठले पार्टीले आफूलाई पर्यटन विभाग हेर्ने जिम्मेवारी दिए पनि पर्यटन मन्त्रालयअन्तर्गतका नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष र नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्दा विभागलाई थाहै नदिएको गुनासो गरे ।

श्रेष्ठले भने– विधि, पद्धतिको कुरा गर्ने पार्टीले ती नियुक्तिहरू कसको सिफारिसमा गरिएको हो, विभागलाई जानकारी चाहियो’, भने । श्रेष्ठले मन्त्रीले आफुखुसी नियुक्ती दिने हो भने विभागको के काम भनेर प्रश्न गरे ।

अधिकांश समूहका प्रतिनिधिहरूले केन्द्र र प्रदेशमा गठबन्धन सरकार छ भनिएको छ, तर त्यसको अनुभूति समाजवादी पार्टीका कार्यकर्ताहरूले गर्न नपाएको गुनासो पोखेका थिए । हरेक समूहमा पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको बढी आलोचना भएको थियो ।

समूहगत छलफलमा सहरी विकासमन्त्री झाँक्रीको सचिवालय व्यवस्थित नभएको र मन्त्रीको व्यवहार कार्यकर्तामैत्री नभएको गुनासो थियो भने, स्वास्थ्यमन्त्री खतिवडा पनि कार्यकर्तामैत्री नभएको आरोप लगाएका थिए ।

मधेसमा एमाले: हिँड्दैछ, पाइला मेट्दैछ !- वीरगञ्जका मेयरको लफडादेखि प्रभु साहको बहिस्कारसम्म

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार जनकपुरधाममा नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन उद्घाटन गरे । तर, मधेस प्रदेश कमिटीका सह–इञ्चार्जसमेत रहेका प्रभु साह अधिवेशनमा गएनन् । इञ्चार्ज रघुवीर महासेठसँग असन्तुष्ट रहँदै आएका साह आफ्नै गृह जिल्ला रौतहटमा रहेका थिए ।

पछिल्लो समय नेकपा एमालेले मधेस प्रदेशमा आफ्नो गतिविधि बढाउँदै लगेको छ । वीरगञ्जमा मेयर विजय सरावगी एमालेमा प्रवेश गरेका छन् भने अन्य पार्टीबाट पनि एमालेमा प्रवेश गराउने क्रम बढेको छ ।

तथापि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेजस्तै मधेसका आठवटै जिल्लामा एमालेभित्र चरम असन्तुष्टि र अन्तर्विरोध पनि चुलिँदै गएको नेताहरू बताउँछन् ।

विशेष गरी प्रभु साहको नेतृत्वमा नेकपा एमालेमा समाहित भएका पूर्वमाओवादी नेता कार्यकर्ताहरू निराश बनेका छन् । पूर्वएमालेका नेताहरूले आफूलाई पेलेको र जिम्मेवारीविहीन बनाएको भन्दै कतिपय कार्यकर्ताहरू माओवादीमै फर्कने क्रमसमेत बढेको छ ।

जनकपुरधाममा एकजना राजनीतिक विश्लेषकले पछिल्लो समय मधेसमा एमालेले आफ्नो प्रभाव बढाएको दाबी गरे । सिके राउत र महन्थ ठाकुरको पार्टीसँग एमालेको सम्बन्ध सुध्रिएको र आगामी चुनावमा उनीहरूबीच गठबन्धन हुन सक्ने ती विश्लेषकले दाबी गरे ।

तर, मधेस मामिलाका जानकारहरूले एमालेको स्थितिमा सुधार आएको बताइरहँदा एमालेमा आबद्ध पूर्वमाओवादी नेताहरूमा चाहिँ चरम असन्तुष्टि र निराशा बढेको छ । एमालेमा आबद्ध एक पूर्वमाओवादी नेताले रातोपाटीसँग भने, ‘आठवटै जिल्लामा पूर्वमाओवादीलाई पेल्ने काम भइरहेको छ, पूर्वएमाले नेताहरूले एकलौटी व्यवहार गरिरहेका छन् ।’

एमालेमा रहेर असन्तुष्ट बनेका ती पूर्वमाओवादी नेताका अनुसार मधेस प्रदेशका आठै जिल्लामा एमालेभित्र असन्तुष्टि र अन्तर्विरोध चुलिएको छ । सप्तरीदेखि पर्सासम्मको अवस्था उस्तै छ ।