शाहरुख खानको थप्पड खाएपछि १८ महिना कहाँ हराएका थिए हनी सिंह ?

एजेन्सी । हनी सिंह बलिउडका एक यस्ता गायक हुन्, जो सधैं चर्चामा रहन्छन् । उनका गीतहरू मन पराउने मात्रै होइन उनी आफ्नो फेसन सेन्सका लागि पनि परिचित छन् । केटाहरूले पनि उनको स्टाइल धेरै पटक नक्कल गरेको देखिन्छ। तर, एक समय थियो जब सधैं हेडलाइन्समा रहने हनी सिंह १८ महिनासम्म कुनै पनि एल्बम वा फिल्म गीतमा देखिएनन् । यसपछि धेरै चर्चा भए, उनले ड्र ग लिन थालेको पनि भनिएको थियो तर हनी सिंहले फेरि एकपटक ठूलो कमब्याक गरे र त्यसपछि उनले आफू बाइपोलर डिसअर्डरबाट पीडित भएको बताए ।

जब शाहरुख खानसँग विवाद भयो ।
हनी सिंहको करियरको शिखरमा पुगेपछि उनको नाम धेरै विवादमा पनि जोडिएको थियो । जसमध्ये एउटा थियो बलिउडका किंग खानसँगको झ गडा । वास्तवमा फिल्म ह्याप्पी न्यू इयरको प्रमोशनका क्रममा एक कार्यक्रममा शाहरुखले हनी सिंहलाई थप्पड हा नेको खबर आएको थियो । तर, पछि यी सबै हल्ला मात्र सावित भए ।

अभिनयमा पनि हात खोजेको
बलिउड र्‍यापर हनी सिंह गीतमा मात्र नभई फिल्ममा पनि देखा परेका छन् । उनले पञ्जाबी फिल्म मिर्जा द अनटोल्ड स्टोरीमा अभिनय गरे र यस फिल्मको लागि बेस्ट मेल डेब्यु अवार्ड पनि जिते। यसबाहेक उनले कमेडी ड्रामा फिल्म ‘तू मेरा २२ मै तेरा २२’ मा पनि काम गरेका थिए ।