भानु ८ वडाद्धारा प्रभु बैंक पालुङटार शाखालाई सम्मान

तनहुँ भानु –प्रभु बैंक पालुङटार शाखा गोरखालाई भानु नपा वडा ८ ले सम्मान गरेको छ ।

वडाले गत फागुन २५ गतेका दिन आफ्नो नयाँ वडा कार्यालय भवन उदघाटन कार्यक्रमका बिच बैंकलाई सम्मान गरेको हो ।
बैकले गोरखा पालुङ्गटारमा रहेर पनि तनहुँका भानु नपाका विभिन्न वडालाई करिब २ वर्षदेखी भानु नगरपालिका तनहुँका बैकहरुलाई चुनौति दिदै नगरपालिकाको वडा कार्यलय र विभिन्न स्थानमा बैंक कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रमु बैक शाखा म्यानेजर बिपिन खतिवडाले जानकारी दिए ।

करिब ९० लाख लागतमा नव निर्मित भवन उद्घाटन कार्यक्रमको सभापतित्व वडा ८ का वडा अध्यक्ष भरतराज ढकाल,प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य माननीय भगवती न्यौपाने रहेका थिए

कार्यक्रममा वडा कार्यालयका लागि जग्गा प्रदान गर्ने जग्गा दाता परशुराम अधिकारी र राम वहादुर घिमिरे समेतलाई सम्मन गरेको थियो भने महान कार्यमा योगदान पु¥याउने तत्कालीन सचिव भगवान त्रिपाठी ,वर्तमान सचिव जाम बहादुर थापा मगर ,रेवती देवी श्रेष्ठ ,रामकला बि क,हरिप्रसाद बगाले टंक कुमाल र कार्यलय सहयोगी लगायतलाई वडाले धन्यावाद व्यक्त गरेको थियो ।