कुनै समय अभिनेत्री हेमा मालिनीको घरमा रक्सी पिएर जान्थे धर्मेन्द्र

एजेन्सी- बलिउड उद्योगका चर्चित कलाकार र फिल्म उद्योगमा धरम पाजीको नामले परिचित धर्मेन्द्रको फ्यान फलोइङ निकै उच्च छ ।आज पनि उनका फिल्मलाई फ्यानले उत्तिकै मन पराउँछन् ।अभिनेता धर्मेन्द्र देओलले बलिउडमा धेरै हिट फिल्महरु दिएका छन् । अभिनेता धर्मेन्द्र देओल सोशल मिडियामा धेरै सक्रिय छन्। उनले हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहन्छन्।

जसलाई उनका फ्यानहरुले निकै रुचि पुर्वक लिने गरेका छन् । एक पटक धरम पाजी रक्सी पिएर चर्चित अभिनेत्री हेमा मालिनीको घर पुगेका थिए । उनले त्यहा पुगेर धेरै हलाह मच्चाएका थिए । उनको बारेमा यो एउटा पुरानो किस्सा बाहिर आएको हो । जसले उनका फ्यानहरुको होश उडाइरहेको छ ।

कथा अनुसार धर्मेन्द्र रक्सी पिएर हेमा मालिनीको घर पुगेका थिए । अर्कैसँग बिहे गरेको भन्दै चर्को हंगामा मच्चाएका थिए । वास्तवमा, धर्मेन्द्र विवाहित थिए, तर उनी आफ्नो बसन्ती अर्थात् हेमा मालिनीलाई पनि माया गर्थे । त्यतिबेला हेमाका परिवारका सदस्यहरूलाई थाहा थियो कि उनी धर्मेन्द्रलाई पनि माया गर्छिन् तर अभिनेता विवाहित भएकाले उनको परिवारले चर्चित अभिनेता जितेन्द्रसँग उनको विवाह तय गरेका थिए । जब धरम पाजीलाई यो कुरा थाहा भयो, उनी जितेन्द्रकी प्रेमिकालाई लिएर हेमाको घर पुगे ।

त्यहाँ पुगेपछि ठूलै हंगामा मच्चियो । त्यतिकैमा जितेन्द्रले पनि हेमासँग बिहे नगर्न राजी भए । त्यसपछि अभिनेत्रीका परिवारका सदस्य उनको धर्मेन्द्रसँग विवाह गर्न राजी भए । अभिनेता विवाहित थिए तर हेमासँग विवाह गर्न उनले पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरे। हाल अभिनेताका चार सन्तान छन् । धरम पाजीको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेताले लामो समयदेखि फिल्मी जगतबाट टाढा रहेका छन् । उनले धेरै वर्षदेखि कुनै पनि चलचित्रमा अभिनय गरेका छैनन् । उनले ‘शोले’, ‘अपने’, ‘आतंक’, ‘बटवारा’, ‘यमला पगला दीवाना २’, ‘धरम वीर’, ‘सम्राट’, ‘सीता और गीता’, ‘बंदिनी’ जस्ता धेरै सुपरहिट फिल्म दिएका छन् ।