प्रकाश सपुतलाई धम्की दिनुभन्दा आफ्नो गल्ती स्वीकार गरी धन्यवाद दिनुपर्छ : टोपबहादुर रायमाझी

काठमाडौं ३० फागुन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले प्रकाश सपुतले तयार पारेको सांगीतिक कथाले एकदमै सही कुरा बोलेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् ।

जनयुद्धले ठूलो परिवर्तन र जागरण ल्यायो, जनयुद्धका नायक बनेका घाइते, अपांग, सहिद परिवारको व्यवस्थापन नगर्दा माओवादी विसर्जनको स्थितिमा पुगेको पुर्व माओवादीका नेता रायमाझीले बताएका हुन् ।

सर्वोच्च अदालतले तत्कालिन नेकपा ब्युँताइदिएपछि माओवादी रायमाझाी एमाले प्रवेश गरेका हुन् । आफुहरुले उनीहरुको उचित व्यवस्थापन गर्नुपर्छ भन्दा लोभीपापी झुन्डले बेवास्ता गरेको आरोप लगाएका उनले एउटा भिडियोको लोभीपापीले विरोध गर्नुको कुनै अर्थ नभएको र धम्की दिनेभन्दा पनि धन्यवाद दिनुपर्ने बताएका छन् ।

गायक प्रकाश सपुतलाई धम्की दिनुभन्दा आफ्नो गल्ती स्वीकार गरी धन्यवाद दिनुपर्ने उनको तर्ह रहेको छ । साथै उनले आगामी निर्वाचनमा एमालेले कुनै गठवन्धन नगर्ने पनि स्पष्ट पारेका छन् ।

‘एमाले आफ्नो एजेन्डा बोकेर अघि बढ्छ । एमाले जनताको बीचमा एक्लै जान्छ । र, लोभीपापीको झुन्ड धराशायी हुन्छ । त्यसैले एमालेको लहर देखेर उनीहरु तर्सिएका छन् ।’
उनले भने ।

साथै, उनले जुन प्रधानन्यायाधीशमार्फत परमादेश जारी गरी सरकार बनायो, उसैलाई महाभियोग लगाउनु गठबन्धनको भूल र बदमासी भएको भन्दै यसमा एमालेलले सान नदिने पन स्पष्ट पारेका छन् ।