निर्वाचन आयोगले हलो चिन्ह नदिए स्थानीय तहको निर्वाचन हुन सक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं ३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव चिन्ह हलो नदिए स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् । आइतवार नेपालगन्जमा आयोजित आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

राष्ट्रिय पार्टी नभएको बहानामा आफुहरुलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको आरोप लगाएका अध्यक्ष लिङदेनले भने, ‘निर्वाचन आयोगले दल दर्ता गर्ने, दललाई निर्वाचन चिन्ह चिन्ह प्रदान गर्ने र आयोग आफैंले प्रदान गरेको चिन्हमा सहभागी हुन नपाउने हो भने देशमा निर्वाचन हुन सक्दैन । ‘

‘हामीलाई हलो चुनाव चिन्ह नदिएको खण्डमा हामी स्थानीय चुनावमा भागलिँदैनौँ।’लिङदेनलाई उद्धृत गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भनेका छन् ।

जनताले सत्ता सञ्चानल गर्ने अवसर दिए राप्रपाले नै मुलुकमा समृद्धि ल्याउने दाबी समेत गरेका छन् ।