उमेरअनुसार मूल्य, घर–घरमै युवतीहरु डेलिभरी

काठमाडौं :

सिन्धुपाल्चोकको चौतारा नगरपालिका, ६ ठूलीधाराकी पूजा थापा मगर अहिले कास्की प्रहरीको हिरासतमा छिन् । भर्खर २२ वर्ष पुगेकी पूजा मा’न’व बे’चबि’ख’नजस्तो ग’म्भीर प्रकृतिको आरोपमा पक्राउ परेकी हुन् । पूजालाई गत १४ फागुनमा पोखराको लेकसाइडबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पूजाकै ‘टिम मेट’ कास्कीका ३० वर्षीय नारायण पोखरेल र बाँकेका २२ वर्षीय विशाल योगी पनि कास्की प्रहरीको हिरासतमा छन् । यो समूह मा’न’व बे’च’बख’न तथा ओ’सारपो’सार आरोपमा पक्राउ परेको हो ।

यी तीन जनाबाट पीडित भएपछि १७ वर्षीय किशोरीले नै प्रहरी गुहारेकी थिइन् । ती किशाोरीले प्रहरीलाई १४ फागुनको मध्यरात १२ बजे फोन गरेर आफू पीडित भएको भन्दै गुहार मागेकी थिइन् । जानकारी पाएलगत्तै कास्की प्रहरीका इन्स्पेक्टर मुकेश न्यौपानेको नेतृत्वमा चार जनाको टोली खटिएको थियो । त्यही रात लेकसाइडको जरेवरबाट पूजा र विशाललाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।

अर्का अभियुक्त नारायण पोखरेललाई प्रहरीले १५ फागुनमा घेरा नै हा’लेर रामबजारबाट समातेको हो । अघिल्लो रात डेरामा नभेटिएका उनी भोलिपल्ट पक्राउ परेका हुन् । उनी मुख्य योजनाकार हुन् । पक्राउ परेका नारायण र पूजा प्रेमी–प्रेमिका हुन् । डिएसपी तिवारीकाअनुसार नारायणको घर कास्कीको पोखरा, ७ मुस्ताङचोक र विशालको घर बाँकेको चिसापानी हो ।

घरमै युवती डेलिभरी

प्रहरीकाअनुसार अहिले समातिएकाहरू पोखरामा यौ’ नध’ न्दा चलाउने गिरोहमध्येको एउटा हो । यही स’मूहसँग स’म्बन्ध देखिएका बाँकी दुई समूह यही वर्ष पक्राउ परेर कारागार चलान भइसकेका छन् । अनलाइन यौ’ ‘नध’न्दा चलाउने मुख्य योजनाकार पूजा र नारायणको जोडी हो । ग्राहकले उनीहरूलाई सम्पर्क गर्छन् । उनीहरूले आफ्नो सम्पर्कमा भएका युवतीका तस्वीर ग्राहकलाई भाइबर, ह्वाट्स एपमा पठाउँछन् र ग्राहकले छान्छन् । कतिसम्म भने रोजिएका युवती ग्राहकले भनेकै ठाउँमा पुर्‍याइन्थ्यो ।

विशालले ‘होम डेलिभरी’को काम गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार विशालले त्यही निलो रंगको कार प्रयोग गरेर युवतीलाई ग्राहकसम्म पुर्‍याउँथे । ‘सुरुमा केटीको फोटो पठाउँथे । ग्राहकले रोजेको केटीको मूल्य तोकिएपछि विशालले जहाँ पुर्‍याउनुपर्ने हो त्यहीँ पुर्‍याउने रहेछन् । ग्राहकको घरमै, कोठामै पुर्‍याउने सुविधा रहेछ,’ प्रहरी स्रोतले भन्यो । युवतीलाई ग्राहकसम्म लैजान प्रयोग गरिँदै आएको निलो रंगको कार पनि प्रहरीको नियन्त्रणमा छ ।

प्रहरीकाअनुसार उनीहरूले उमेर समूह हेरेर युवतीहरूको मूल्य तोक्थे । १८ वर्षभन्दा मुनिको माथिको फरक-फरक रेट तोकिने गरेको जाहेरीवालाले प्रहरीलाई बताएका छन् । १८ वर्षभन्दा मुनिका युवतीको १७ हजार रुपैयाँ प्रतिरात र त्योभन्दामाथि उमेर समूहका युवतीको १५ हजार रुपैयाँ प्रतिरातसम्म ग्राहकबाट लिने गरेको पाइएको छ । अर्थात् जति कम उमेर, त्यति महँगो मूल्य ।

यसरी महँगो मूल्यमा युवतीको माग गर्नेहरू प्रायः छोटो समयका लागि

यसरी महँगो मूल्यमा युवतीको माग गर्नेहरू प्रायः छोटो समयका लागि पोखरा आउने पर्यटकहरू रहेको प्रहरी स्रोत बताउँछ । ‘अधिकांश पोखरा घुम्न आएकाहरू नै ग्राहक हुँदा रहेछन् । पोखराका नियमित ग्राहक पनि हुने रहेछन्,’ कास्कीका एक प्रहरी अधिकारी भन्छन्, ‘जाहेरी दिनेहरू सात महिना, तीन महिना र एक महिनादेखि यो समूहसँग जोडिएको पाइएको छ ।’

अहिलेसम्म तीन जना युवती प्रहरीको सम्पर्कमा आएका छन् । यौ’ ‘न व्यवसायमा लागेकाहरू सामान्य लेखपढ गरेका र स्याङ्जा, सिन्धुपाल्चोक, पर्वतलगायत जिल्लाका ग्रामीण भेगबाट पोखरा आएका हुन् । कसरी पोखरा ल्याइन्थ्यो भन्नेबारे प्रहरी अनुसन्धानरत छ ।

महिना दिनसम्म सहमतिमै यौ’ ‘न व्यवसायमा लागेकाले प्रहरीलाई नै खबर गर्नु भने आश्चर्यको विषय बनेको छ । यस्ता घटना लेनदेन नमिल्दा सार्वजनिक हुने गरेका छन् । यो घटना सार्वजनिक हुनुको एउटा कारण आर्थिक पाटो पनि हो । ग्राहक खोज्नेले मोटो रकम असुल्ने र युवतीले कम रकम पाउँदा मनमुटाव भएको प्रहरीको अनुमान छ । सिलापत्र बाट