उमेरले बिबाहका लागि योग्य बनाए पनि आफु बालक नै छु भन्ने जस्तो लाग्छ : बुद्धि तामाङ हैट

नेपाली सिने जगतका धेरै यस्ता कलाकारहरु रहेका छन् जसले लामो समय सम्म पनि बिबाह नगरि बसेका छन् । उनीहरुलाई सधै एउटै प्रश्न आउने गर्छ त्यो हो कहिले लगन गाँठो कस्ने ? यसअघि यहि प्रश्न महानायक राजेश हमाललाई सोध्ने गरिएको थियो । त्यस्तै नायक मात्र हैन गायक राजेश पायल राई लाई पनि बिबाहको बारेमा प्रश्न सोधिनु कुनै नौलो कुरा भएन ।

पछिल्लो पटक अब बिबाहको प्रश्न सोधिने चलेका कलाकारमा अभिनेता बुद्धि तामाङ हैट पर्न थालेका छन् । हरेक ठाउँमा उनलाई बिबाहको बारेमा प्रश्न सोध्न थालिएको छ । उसो त उमेरले बिबाहका लागि योग्य बनाए पनि उनी आफु बालक नै छु भन्दै टार्ने गर्दछन् । उमेरले ३५ पुगेका अभिनेता तामाङ अहिले सम्म पनि अबिबाहित नै रहेका छन् ।

यस पटक पनि अभिनेता तामाङलाई फिल्म मन्त्रले गरेको पत्रकार सम्मेलनमा यहि प्रश्न सोधियो । उनले रेडिमेड जवाफ पनि दिहाले– हैट, अहिले बिबाह गरियो भने बाल बिबाहमा परिन्छ हौ । उनको यो जवाफ सुनेर माहौल एकदम हाँसोमय भएको थियो । उनी ठट्यौली पारामा जवाफ दिन माहिर छन् । आफु भखैर १७–१८ बर्षको जस्तो देखिने गरेकोले बिबाह नगरेको बताउँछन् ।

पत्रकार सम्मेलनमा बिबाहका बारेमा अभिनेत्री दिया पुनः र सौगातलाई पनि प्रश्न गरिएको थियो । दीयाले लगन जुरे पछि बिबाह होला नि भन्ने जवाफ दिईन् भने सौगातले आउने बर्ष बैबाहिक जिवनमा बाँधिने बताए । सृष्टि श्रेष्ठ संगको प्रेममा रहेका सौगातले भने चाँडै बिबाह गर्ने तयारी गरेका छन् ।