गठबन्धन गरेरै चुनावमा जानुपर्छः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै चुनावम जानुपर्ने बताएका छन्। तनहुँस्थित व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुन बताए।

अहिलेसम्म गठबन्धनको संस्कार नभएकोले केही असहज जस्तो लागेपनि यस्ता घटना पहिलेपनि भएको उनले सुनाए। हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो। अहिले नै हेर्नु न सबैतिर गठबन्धनकै सरकार त छ नि,’ उनले भने, ‘विशेष परिस्थितिमा देश र संविधानको रक्षाका लागि देशभित्रका सबै शक्ति मिल्नुपर्छ। राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं। आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ।’

संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले गठबन्धन मात्रै होईन, एमाले नै विभाजित भयो। त्यसपछि एमाले बाहेकको गबठन्धनको नेतृत्व कांग्रेसले गरेको छ। गठबन्धन सरकार मिलेरै चुनावसम्म जाने र ३ वटै निर्वाचनमा वियजी हुने उनको भनाई छ।