दीपिका पादुकोण मात्र होइन, बलिउडका यी अभिनेत्रीले पनि सलमान खानसँग काम गर्न मान्दैनन्

आज पनि बलिउडका दबंग खानसँग धेरै ठूला अभिनेत्री काम गर्न चाहन्छन् तर धेरै अभिनेत्रीले सलमान खानसँग काम गर्न अस्वीकार पनि गरेका छन् । जसका बारेमा आज हामी तपाई लाई जानकारी दिदैछौ । दीपिका भन्दा पहिले अन्य धेरै अभिनेत्रीहरूले सलमानको फिल्मको अफर अस्वीकार गरिसकेका छन्। उनीहरुलाई हामीले यसरी प्रस्तुत गरेका छौ ।

कंगना रनौत

बलिउडमा आफ्नो बेजोड स्टाइलका लागि चर्चित अभिनेत्री कंगना रनौतलाई लिने गरिएको छ । आफ्नो बयानका कारण अक्सर उनी चर्चामा रहने गरेकि छिन् । कंगना रनौतले बलिउडका धेरै ठूला स्टारसँग काम गरिसकेकी छिन् तर उनी बलिउड उद्योगका कुनै पनि खानसँग काम गर्न चाहँदिनन् । कंगना रनौतले यो कुरा धेरै पटक खुलासा गरिसकेकी छिन् ।

ट्विंकल खन्ना

बरिष्ठ अभिनेता अक्षय कुमारकी पत्नी ट्विंकल खन्नाले सलमानसँग फिल्म ‘जब प्यार किसी से होता है’ मा काम गरेकी थिइन् । फिल्ममा दुवैको केमेस्ट्रीलाई पनि निकै रुचाइएको थियो । समाचारका अनुसार यो फिल्मपछि उनले सलमानसँगको फिल्मको अफर अस्वीकार गर्दै आएकी छिन् । उनले फिल्म किन अस्विकार गर्छिन् भन्ने बारे कहि कतै पनि बताउन चाहेकी छैनन् ।

उर्मिला मातोन्डकर

उर्मिला मातोन्डकरको नाम सलमान खानसँग कहिल्यै काम नगर्ने अभिनेत्रीको सूचीमा परेको छ । सलमान र उर्मिला मातोन्डकरले फिल्म ‘जनम समझ करो’ मा सँगै काम गरेका थिए । तर यो फिल्म बक्स अफिसमा फ्लप भयो । यो फिल्म फ्लप भएका कारण उर्मिला र सलमानले फेरि सँगै काम नगरेको बताइएको छ ।