कुनैदिन यति फुर्सदमा रहेछु स्विकारेँ मैले! बगरको ढुङ्गालाई समेत समुन्द्र तारेँ मैले !

रामशरण सिमखडा जी को फेसबुक स्टाटस !

मैले एनेकी एनआरएन ले ! म एक गुमनाम पात्र, देश प्रशब बेदनामा रहेको बेलामा आफ्नो बैयक्तिक सुखको लागी परदेश भासिएको उ बेलाको नौजवान! मलाई नाम दियो, पहिचान दियो – दुनिया देखायो, धेरै कुरा सिकायो । आज यसै संस्थालाई किन खण्डहर बनाउने प्रयास गर्दैछौ हामी साथीहरु ? न यो कतै पुगिने लक्ष हो न यसको गन्तव्य नै तय छ । आपसी द्वेष, रीस र केही कुण्ठा छन भने संगै बसेर छलफलको साटो जुन बाटो तय गर्दैहुनुहुन्छ त्यसमा अध्यारो सिवाय केही देख्दिन। आदरणीय उपेन्द्र दाई – जीबा जी लगायत तपाईहरु सबैको अथक मेहनत र पसिनाले यो आलोकमा संस्था छ । यसको छातिमा बुट नबजारौ । कसैलाई रोक्न कै लागी यो कलंकले कुनै बेला रातमा निन्द्रा पर्ने छैन । बनिबनाउ यो सुन्दर संस्थालाई यस्तो कुरूप बनायौ भनेर । उत्तेजना हैन संयम भएर, आवेश मा हैन होस मा आएर, घृणा ले हैन प्यारले मात्र संन्सार जित्न सकिन्छ ! अहिले हामिलाई उकास्नेले उस्को स्वार्थसिद्द हुनों बित्तिकै साथ छाड्छन। हामी किन बिभिन्न बिचार, समूहमा बिभाजित हुने ? त्यसको लागी त बैचारिक संघसंस्थाहरू बग्रेलती छन नी प्रवासमा पनि हैन र ??

संयमित रहौ ! यो संस्थको जुन गरिमा र उचाई थियो – यि पछिल्ला दिनहरुमा माटोमा मिलायौ हामीले ! हिजो म यो संस्थाको अध्यक्ष – उपाध्यक्ष -पूर्ब अध्यक्ष अथवा यो वाँ त्यो नाममा तपाईलाई ईज्यत दिन्थ्यो अहिले बजारमा खिसी-टिउरीको पात्र छौ – बिन्ती छ यो संस्थालाई यो भन्दा बढ़ी ब्यईज्यत नगराऔ !
हरू ॐ तत्सत् !

आख़िर उम्मेदवार त छु नै मेरो माथीका निष्कर्ष मन परे एक भोटको अपेक्षा राख्दछु !