पललाई बचाउन लागिपरेका थिए कृष्ण जोशी, नाबालिग गायिकालाई दिएका थिए यस्तो धम्की !

काठमाडौं ।

अभिनेता पल शाह प्रकरणमा नयाँ खुलासा भएको छ। ब’ला’त्कार अभियोगमा थुनामा रहेका अभिनेता शाहका म्यानेजर भनिने कृष्णप्रसाद जोशी पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार नाबालिग गायिका ब’ला’त्कार आरोपी शाहसँग मतियार बनेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका जोशीले पललाई बचाउनका लागि विभिन्न षड्यन्त्र बुनेको पाइएको छ।

उनीमाथि घटनाको प्रमाण नष्ट गर्न खोजेको, नाबालिगलाई ह’त्यासम्मको ध’म्की दिएको र बलात्कारका लागि नाबालिगलाई फकाउने र प्रबन्धमा संलग्न देखिएको आरोप लागेको छ। जोशी पक्राउ परेपछि अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पनि लिइएको छ।

पलविरुद्ध उजुरी परेपछि जोशीले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विवादित कुरा गरेका थिए। उनले नाबालिग गायिकासँग मिलेर आफूहरूले पललाई फसाउन षड्यन्त्र गरेको पनि बताएका छन्। आफू र अर्का गायक दुर्गेश थापासहितले शाहको हत्या योजना पनि बनाएको उनले बताएका थिए।

जोशीले नाबालिगलाई पलविरुद्ध जाहेरी नगर्नु भन्दै ध’म्की दिएको पनि उजुरी प्रहरीमा पुगेको छ। जाहेरी गरे ज्यानै तलमाथि हुने भन्दै जोशीले पलको पक्षमा वातावरण बनाउन खोजेका थिए। पल फरार रहेको अवस्थामा जोशीमार्फत नै विभिन्न अडियो सार्वजनिक भएका थिए। प्रहरीले उक्त अडियोमा केन्द्रित भएर अनुसन्धानका लागि जोशीलाई हिरासतमा लिएको हो।

पलविरुद्ध अहिले तनहुँ र नवलपरासी प्रहरीले ब’ला’त्कार आरोपमा अनुसन्धान गरिरहेका छन्। ती नाबालिग गायिकाले तनहुँ र नवलपुरको गैँडाकोटमा पलविरुद्ध जाहेरी दिएकी थिइन्। तनहुँ प्रहरीले पहिलो पटक सात दिनको म्याद लिएको थियो।

त्यसपछि १२ दिनको म्यादसहित पलविरुद्ध अनुसन्धान भइरहेको छ। यसबीचमा प्रहरीले बालिकाको चरित्र ह’त्या गरेको भन्दै विभिन्न व्यक्ति तथा युट्युबरहरुलाई पक्रनउ गरेको थियो। अनुसन्धानलाई प्रभावित पार्ने खालका गतिविधि भएको भन्दै प्रहरीले त्यस्ता कार्यहरु तत्काल रोक्न पनि भनेको थियो ।