पत्नी कैटरिनासँग फिल्म खेल्न मानेनन् पति विकी,के यी दुइको संम्बन्धमा आँच आएकै हो ?

मुम्बई । विवाह बन्धनमा बाँधिएका बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफलाई दर्शकले पर्दामा सँगै हेर्न चाहेका छन् । तर कैटरिनासँग तत्काल अभिनेता तथा पति विकी फिल्ममा आउने पक्षमा छैनन् ।

निर्देशक फरहान अख्तरले निर्देशन गर्न लागेको नयाँ फिल्ममा प्रियँका चोपडा, कैटरिना कैफ र आलिया भट्ट मुख्य नायिकाको रुपमा अनुबन्धित भएका छन् । यो फिल्ममा कैटरिनाका श्रीमान तथा विकीलाई नायकको रुपमा प्रस्ताव गरिएको थियो । राजधानि दैनिकमा खबर छ । तर विकीले यो फिल्ममा आफुले काम नगर्ने बताएका छन् ।

विकीलाई यो फिल्ममा प्रस्ताव गरिएको चरित्र मन परेन । सोही कारण उनले यो फिल्ममा काम गर्न अश्विकार गरेका हुन् । आफुहरु प्रभावशाली भूमिकामा चाँडै अर्को फिल्ममा प्रस्तुत हुने भनाई विकीको छ ।

विवाह पछि अभिनेत्री कैटरिना फिल्मको छायाँकनमा फर्किएकी छिन् । अहिले उनी नयाँ फिल्म टाईगर ३ को छायाँकनमा व्यस्त छिन् । अब उनी यो नयाँ फिल्ममा जोडिने भएकी छिन् ।