बिप्लव सुटुक्क झलनाथ खनालकोमा पुगे किन ?

शान्तिपुर्ण मुलधारको राजनीतिमा आएको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा यता न उता भएको छ । राष्ट्रिय राजनीतिमा अन्य ठुला दल नै हाबी भइरहदा बिप्लवको नेकपा भने तिल्मिलाएको छ । नेकपाका महासचिव पछिल्लो समय शीर्ष दलका नेताहरु संग भेटघाटमा ब्यस्त रहेका छन् । यसैक्रममा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपाका महासचिव विप्लवबीच भेट भएको छ ।

आज नेता खनालको निवास पुगेर विप्लवसहितका नेताहरूले भेट गरेका हुन् ।भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ । विप्लव समूहले आजै नेकपा एमालेका नेता डा. भीम रावलसँग पनि भेट गरेको थियो । यसअघि बिप्लवले डा. बाबुरा भट्टराई , पुष्पकमल दाहाल प्रचण्ड, चित्र बहादुर केसी लगायतका नेताहरुसंग भेट गरेका थिए ।