पुजाका आँशु रित्तिएकै हुन् त ?

काठमाडौं ।

फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी थिईन । आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोएकि हुन् ।

अभिनेता पल शाह विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भाबुक देखिएकी थिइन् ।थुप्रै कलाकर्मी र रंगपत्रकार सहभागी प्रिमियरमा सहभागीले फिल्म हेर्न धेरैले फिल्मको बिषयमा राम्रो प्रतिक्रिया दिएका थिए ।

‘जोडी मनकामना जानुहुन्न भनेर बूढापाकाले भन्थे । हामी रियल नभएर रिल जोडी थियौ’ प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूजाले भनिन् ‘भनाइ हाम्रा लागि सत्य भयो ।’ पूजाले ‘म यस्तो गीत गाउँछु २’ राम्रो फिल्म बनाउने कोसिस समेत गरेको सुनाएकी थिईन  ।

फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्मले शुक्रबार र शनिबार दर्शकको साथ राम्रो पाएको बताए । ‘फिल्मले शुक्रबार भन्दा शनिबार देशभरि नै राम्रो दर्शक पाएको छ’ वितरक श्रेष्ठले भने, ‘आज र अगामी दिनमा पनि राम्रो दर्शक पाउने हाम्रा आस हो ।

कोरोना महामारीका कारण पटक पटक रिलिज सर्दै आएको फिलम प्रेमकथामा बनेको हो । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ