फेरी पनि ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य

काठमाडौ । एक साता नबित्दै फेरी पनि ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । किलोमा १० रुपैयाँले बढेर प्रतिकिलो ४२० रुपैयाँ पुगेको हो ।

बजारमा कुखरा अभाब भएका कारण मासुको मूल्य बढेको हो ।नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार आजबाट काठमाडौं उपत्यका वरपर अहिले ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको हो ।

काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ । कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको हो ।