यस्तो घरमा बस्दा हुन्छ दु:ख ? प्रगति र शान्ति हुँदैन कहिल्यै ?

गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ । सर्प घरमा वा घर नजिकै सर्प बस्छ भने तपाइँको जीवन सँधै खतरामा हुन्छ । यस्तो ठाउँमा नबस्नु नै बेस । सर्पले डसेर जुनसुकै बेला पनि ज्यान जान सक्छ ।खराव पत्नि हिन्दु धर्ममा पत्निलाई सम्मानीय मानिएको छ । परिवार कस्तो हुन्छ भन्ने कुरा पत्निमा भर पर्छ । पत्निसँग नराम्रो ब्यवहार गर्नु पनि गलत मानिन्छ ।

पत्निलाई त्यसैकारण अर्धाङ्गिनी भनिएको हो । तर पत्निको स्वभाव खराव छ भने त्यस्तो पत्निको पतिले दुःख पाउने निश्चित छ । अझ परपुरुषसँग संगत भएकी ब्यविचारिणी पत्नि भएमा यस्ता पुरुष सँधै खतरामा हुन्छ । त्यसकारण खराव पत्निसँग बस्नु खतरनाक भनिएको छ ।झगडा गर्ने नोकर घरमा नोकर राख्ने चलन पुरानो हो । काम गर्नका लागि मानिसहरुले अहिले पनि घरमा मानिस राख्छन् ।तर मालिक र नोकरको सम्बन्ध सुमधुर हुन कठिन हुन्छ ।

त्यसैले बादविवाद गरिरहने र झगडा गर्न तम्सिने नोकरलाई शास्त्रले खतरनाक भनेको छ । मालिकसँग झगडा गरिरहने नोकरलाई तत्काल कामबाट निकाल्नु उपयुक्त हुन्छ । किन भने त्यस्तो नोकर खतराको घर हो ।दुष्ट मित्र जीवनमा सच्चा साथी हुनु दुर्लभ कुरा हो । अझ दुखमा समेत साथ दिने साथी त जीवनमा कमै पाइन्छ । हामीले साथीको विषयमा विभिन्न कथा सुनेका छौं । कतिपय अवस्थामा हामीले सच्चा साथी ठानेर विश्वास गरेको मानिस सबैभन्दा घातक भएर निस्कन्छ । यदि तपाइँले त्यस्तो साथीलाई विश्वास गरिरहनु भएको छ भने तपाइँ सँधै खतरामा हुनु हुन्छ । दुष्ट मित्र रहेको घरमा बस्नु सँधै खतरनाक हुन सक्छ ।

यसैगरी मृत्यु जीवनको सास्वत सत्य हो । जसलाई चाहेर पनि कसैले रोक्न सक्दैन । हिन्दू धर्म शास्त्र अन्तर्गतको गरुड पुराणमा मृत्यु के हो रु, मृत्युपछि के हुन्छ रु, मृत्यु पछि आत्मा कहाँ जान्छ लगायतका विषयबारे व्याख्या गरिएको पाइन्छ ।हिन्दु धर्म दर्शनमा गरुड पुराणको विशेष महत्व रहेको छ । मृत्यु पश्चात गरुड पुराणको पाठ गर्न पनि आवश्यक भएको मानिन्छ । शास्त्रीय विधानका लागि मात्र नभएर जीवनलाई सही मार्ग देखाउन पनि यो पुराणको विशेष महत्व रहेको छ । आज हामी गरुढ पुराणका अनुसारमा मानिसले मृत्यु पूर्व कस्ता कार्य गरे उसले मोक्ष वा सफलता पाउँछ भन्ने उल्लेख गर्दै छखैं ।

विष्णुको उपासना:प्रत्येक हिन्दुलाई आफ्नो जीवनमा कमसेकम एक पटक भगवान विष्णु या उनको अवताको पूजा गर्न अनिर्वा छ । भगवान विष्णुको पूजा अर्चना गर्नाले जीवनमा आइपर्ने संकट नाश हुने विश्वास छ ।भगवान विष्णुका दश अवतार रहेका छन् भने कयौं नामहरु रहेका छन् जसको नियमित जप गर्न सके जीवनमा आइपर्ने संकटबाट पार तरिने पुराणमा उल्लेख छ ।

एकादशी व्रत;वर्षमा २४ एकादशी हुन्छन् । यदि अधिक मास लागेको छ भने एकादशीको संख्या २६ हुन जान्छ । धार्मिक ग्रन्थका अनुसार एकादशीको श्रेष्ठ बनाइएको छ र त्यसदिन ब्रत बस्दा मुक्ति प्राप्त हुन्छ । एकादशीको ब्रत गर्दा जीवनमा एकाग्रशक्ति प्राप्त हुन्छ । मन भट्नुबाट रोकिन्छ भने मृत्युपछि पनि एकादशीको ब्रतबाट पुण्य मिल्छ ।

गंगा स्नान:हिन्दु धर्ममा गंगालाई केवल नदीको रुपमा नभइ देवीको रुपमा व्याख्या गर्रिको छ । जसले गंगामा गएर स्नान गर्छ त्यस्ता मनुष्यको मोक्षको ढोका खुल्छ ।तुलसी पूजन:हिन्दू धर्म दर्शनका अनुसार विष्णु एवं तुलसीको पूजा गर्ने विशेष प्रावधान छ । यदी विष्णुको पूजा पछि तुलसीको पूजा गरेका श्रीहरि प्रशन्न हुने धर्मशास्त्रमा वर्णन गरिएको छ ।