सुकेको रुख कांग्रेसलाई बचाउन निवार्चन आयोगले हरियो रङको प्रयोग गर्याे : ओली

काठमाडौं २५ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बचाउन निर्वाचन आयोगले चुनावमा हरियो रङको प्रयाग गरेको आरोप लगाएका छन् ।

काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका ओलीले कांग्रेसलाई सुसुकेको रुखको संज्ञा दिएका छन् ।

पार्टी प्रवेश गराउन मोरङको रंगेली पुगेका अ‍ोलीले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने जिकिर समेत गरेका छन् ।

कांग्रेस सुकेको रुखको कुरा गर्न आवश्यक नभएको भन्दै उनले भने,’पातमात्रै झरेको छैन रूख नै सुकेको छ । ‘

यही वैशाख ३० गते हुने स्थानीय तह निवार्चनमा आयोगले मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निणर्य प्रति ओलीले आपत्ती जनाएका हुन् ।